arrow

सामाजिक संजालमा ‘जंक वान चाइना’ क्याम्पेन

logo
प्रकाशित २०७७ असार ७ आइतबार
china-news-@.jpg.jpeg

काठमाडौं। भारत र चीनबीच सीमामा तनाव बढ्दै जादा सामाजिक संजाल पनि तातिएको छ। दुबै देशका सामाजिक प्रयोगकर्ताहरुले एक अर्का देशले लिएको नीति र सरकारको क्रियाकलाप विरुद्ध अभियान नै छेडेका छन्। सीमाको तनाव भन्दा बढी सामाजिक संजालमा तनाव देखिन थालेको छ। यस्तै मध्येको एक अभियान ट्वीटरमा देखिएको छ। चीनले एक चीन नीतिको बारेमा आफ्ना मित्र राष्ट्हरुबाट प्रतिवद्धता लिदै आएको छ।

यसका लागि उसले आफ्नो कुटनीतिको महत्वपूर्ण समय र स्रोत खर्च पनि गरिरहेको छ। चीनको यहि एक चीन नीतिको विरुद्धमा ट्वीटरमा ‘जंक वान चाइना’ क्याम्पेन शुरु गरिएको देखिएको हो। ह्यासट्याग सहितको जंक वान चाइना क्याम्पेन चीनको एक चीन नीति बिरुद्ध भएको प्रष्ट देखिएको हो। चीनको विस्तारवादी नीतिले हंगकंग, ताइवान, तिव्वत र जिन्जियाङमा अनिश्चय पैदा गरेको भन्दै सामाजिक संजालमा चिनियाँ राष्ट्रपति सि जिनपिङको विरोध गरिएको छ।

विश्वकै मानवअधिकार हननकर्ताको जिउँदो इतिहास भएको चिनियाँ कम्युनिष्ट पार्टीको एक चीन नीति हुनै नसक्ने ट्वीटर प्रयोगकर्ताले जनाएका छन्। एक ट्वीटर प्रयोगकर्ताले उइगुर, तिव्वती, ताइवानी, मन्चुरियन र हङकङका सबै नागरिकहरु चिनियाँ कम्युनिष्ट पार्टीको दमनकारी पिंजडा तोडेर वाहिर निस्कने विश्वास समेत गरेका छन्।

अर्का ट्वीटर प्रयोगकर्ताले चीनको मानवअधिकार हनन लगायत दमनकारी नीतिको बिरुद्ध विश्व समुदायले मौनता तोड्नुपर्ने बताएका छन्। अर्का ट्वीटर प्रयोगकर्ताले चीन विश्वकै ठूलो समस्या भएको लेखेका छन्। त्यसैगरि अर्का एक तिव्वती ट्वीटर प्रयोगकर्ताले यहि समय भारतले तिव्वतलाई स्वतन्त्र हैसियतको स्विकार गर्नुपर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ