arrow

लिभरपुल बराबरीमै, उपाधि पक्का अझै ढिला 

logo
प्रकाशित २०७७ असार ८ सोमबार
EbD4yhEWAAA_ovm.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो हुन अझै समय लाग्ने भएको छ । लिभरपुलले लगातार दुई खेल जित्दा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएसमेत पुग्ने अवस्थामा लिभरपुलले नै बराबरी खेलेपछि उपाधि छिनोफानो लम्बेको हो । 

जबकि लकडाउनले मार्चमा खेल रोकिनुपूर्व नै लिभरपुल उपाधिको नजिक थियो । अहिले लिग सुचालु भएका छन् । तर लिभरपुल फर्ममा छैन । 

आइतबार रातिको खेलमा उपाधि नजिक रहेको लिभरपुल बराबरीमा रोकिएको छ । मर्सीसाइड डर्बी भिडन्त लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

एभर्टनको मैदान गुडिसन पार्कमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लिग लिडर लिभरपुल जितबाट बन्चित बनेको हो ।

घरेलु टोलीसँगको बराबरीसँगै लिभरपुललाई उपाधि जित्न थप समय कुर्नुपर्ने भएको छ । उपाधि जित्नका लागि लिभरपुललाई अझै ५ अंकको आवश्यकता रहेको छ । सिटीको हारले पनि लिभरपुललाई काफी हुनेछ ।

अन्य खेलको नतिजा
आइतबार रातिको खेलमा न्यूकासल युनाइटेडले शेफिल्ड युनाइटेडलाई ३–० गोलले हराएको छ । तीन वटै खेल हाफटाइम पछि भएका थिए । 

एलन सेन्ट मेक्सिमिन, माट रिट्चे र जोलिन्टनले गोल गरे । शेफिल्डका जोन इगानले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड लिएर बाहिरिए ।

अर्को खेलमा चेल्सीले एस्टन भिल्लालाई उसकै मैदानमा २–१ गोलले हराएको छ । एस्टनले हाउसको गोलमा अग्रता बनाए पनि हाफ टाइमपछि क्रिष्टियन पुलिसिक र ओलिभर जिरुले गोल गर्दै चेल्सीलाई जिताए । 

अंक तालिका
 ३० औं खेलको समाप्तिसम्म ३० वर्षपछि पहिलो पटक लिगको उपाधि नजिक पुगेको लिभरपुलको ८३ अंक छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ६० अंक छ । 

लेस्टरको ५४, चौथो चेल्सीको ५१ तथा पाँचौं म्यान्चेस्टर युनाइटेडको ४६ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ