arrow

किम जोङ उत्तर कोरियाली वर्कर्स पार्टीको एक युगका अध्यक्ष

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
Kim_Jong_UN.jpg.jpeg
प्योङयाङ (उत्तर कोरिया) । उत्तर कोरियाको शक्तिशाली नेता किम जोङ उन यहाँको वर्कर्स पार्टीको सर्वोच्च पद अध्यक्ष भएको सोमबार बताइएको छ । वर्कर्स पार्टीको एक युगमा एक पटक गरिने सम्मेलन (कँग्रेस) बाट आफ्नो नेताको रुपमा ३३ वर्षीय उनलाई ल्याएको हो । 
 
पहिलो पटक विदेशी पत्रकारलाई कोरियाली सम्मेलन दिइएको प्रवेशमा पत्रकारहरुले उक्त पार्टीको लोगो अङ्कित राता तथा सुनौला ब्यानरले झकिझकाउ पारिएको सभाहलको दृश्य सहितका गतिविधि लिएका तथा प्रसारण गरेका थिए । प्रायजसो कालो पहिरनमा देखिने नेता उन पार्टीको नेतृत्व लिएपछि पनि कालै पहिरन (सुट र टाई) मा स्टेजमा देखिनुभएको थियो । 
 
वर्कर्स पार्टीले ३६ वर्षको लामो अन्तरालपछि शुक्रबारदेखि आयोजना गरेको सम्मेलनले किमलाई पार्टी नेताको वैधानिकता दिएको हो । किमले उत्तर कोरियाको सत्ताको उत्तराधिकारीका रुपमा नेतृत्व लिएपछि विभिन्न समयमा गरी चार वटा आणविक परीक्षण प्योङयाङले गरिसकेको छ भने पाँचौँ परीक्षण पनि गर्नसक्ने तयारीमा भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्योङयाङ स्रोतलाई उद्धृत गर्दै जनाएका छन् । 
 
परीक्षणका लागि उत्तर कोरियाको पुङ्ग्यैरी आणविक परीक्षण स्थलमा तयारी भइराखेको समाचार पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् । सम्मेलनले प्योङयाङले आफ्नो सार्वभौमिकतामाथि अर्को आणविक शक्तिबाट खतरा नआउँदासम्म आफ्नो तर्फबाट कसैलाई आणविक आक्रमण नगर्ने बताउँदै विभाजित दुई कोरियाबीच एकीकरण प्रयास जारी राख्ने बताएको छ । 
 
तर दक्षिणले युद्धलाई रोजेमा एकीकरणविरोधी शक्तिलाई निर्दयीपूर्ण तरिकाले साफ गर्न प्योङयाङ पछि नहट्ने सम्मेलनले निर्णय लिएको बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ