arrow

हरिवंश आचार्य र आनीद्धारा खार्पूनाथलाई स्वास्थ्य सामग्री सहयोग 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०७७ असार ८ सोमबार

हुम्ला । कोरोना भाईरस (कोभिड १९) विरुद्ध लड्न र  यसको रोकथाम, उपचार तथा नियन्त्रणका लागि खार्पूनाथ गाउँपालिकालाई  स्वस्थ्य सामग्री सहयोग गरिएको छ । प्रारम्भ सामाजिक संस्था ललितपुर, आनी छोइङ डोल्मा फाउण्डेशनको आर्थिक सहयोग र खार्पुनाथ ५ याङचु निवासि पर्यटन फोटोग्राफर देबेन्द्र शाहीको पहलमा स्वास्थ्य सामाग्री सहयोग गरेको खार्पुनाथ गाउपालकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

कोरोना भाईरस कोभिड १९ बिरुद्ध लड्न र  यसको रोकथाम,उपचार तथा नियन्त्रणका लागि पालिकाका स्वास्थ्यकर्मीलाई सहज होस भन्ने हेतुले खार्पुनाथ गाउँपालिकालाई २० थान पीपीइ सेट, केएन ९५ मास्क, सानीटाइजर २४ थान, फर्स्ट एड किट्स गरि ३ लाख बराबारको स्वास्थ्य सामग्री हाँस्यकलाकार हरिबंश आचार्य र गायिका आनी छोईङ डोल्माले सहयोग गरेका हुन् । 

सेनिटाईजर बाहेक सबै सामाग्री सिगापुरबाट ल्याएको फोटोग्राफर शाहीलै बताए । उक्त स्वास्थ्य सामग्री प्रारम्भ सामाजिक संस्था ललितपुर र आनी छोइङ डोल्मा फाउण्डेशनबाट सहयोग गरिएका स्वास्थ्य सामग्री काठमांडौबाट सिमकोट सम्म फोटोग्राफर देबेन्द्य्र शाहीले पठाएका थिए । 

सिमकोटबाट खार्पुनाथ पालिका केन्द्र याङचु बजारसम्म पुर्याउन पहल गरी आइतबारै एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य रंगमती शाहीका स्वकीय सचिब एवं खार्पुनाथ २ निवासी चन्द्र रावलले गाउँपालिका अध्यक्ष कर्णबहादुर रावललाई हस्तान्तरण गरेको खार्पूनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बताए । 

गाउँपालिकाले कोरोना भाइरसको संक्रमणबाट पालिकाबासीलाई बचाउन केहीरुपमा भए पनि सहयोग होस भनेर स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रारम्भ सामाजिक संस्था ललितपुरका सल्लाहकार हाँस्यकलाकार हरिबंश आचार्य, आनी छोइङ डोल्मा फाउण्डेशनका प्रमुख गायिका आनि छोईङ डोल्मा र स्वास्थ्य सामग्री सहयोगका लागि पहल गर्ने खार्पुनाथ ५ याङचु निवासी पर्यटन फोटोग्राफर देबेन्द्र शाहीसहित सम्पुर्णलाई खार्पुनाथ गाँउपालिकाको तर्फबाट अध्यक्ष रावलले धन्यबाद ब्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ