arrow

सत्ताधारीहरु नै भन्छन्, ‘नीति–कार्यक्रमले विगतका सहमति लत्यायो’

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
sansad-@@@.jpg.jpeg

काठमाडौँ  । एनेकपा माओवादी नेत्री एवं सांसद आशाकुमारी कोइरालाले समग्रमा सरकारको नीति तथा कार्यक्रम राम्रो भए पनि धेरै नै अपूर्ण रहेको टिप्पणी गरेकी छन् । सरकारले आगामी आर्थिक वर्षका लागि यही वैशाख २६ गते व्यवस्थापिका–संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद कोइरालाले भनिन्, ‘कुन जगमा संविधान निर्माण भयो भन्ने कुरा नीति तथा कार्यक्रममा परेको छैन । हिजो भएका सहमतिलाई लत्याइएको छ ।’

मुलुकमा राजनीतिक परिवर्तनमा बलिदान दिने सहिद र घाइते परिवारलाई सम्मान गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा नपरेकामा उनले असन्तुष्टि जनाइन् । यस्तै, सरकारको नीति तथा कार्यक्रमप्रति आलोचनात्मक समर्थन जनाइन् ।

स्वागतयोग्य छ :  राप्रपा नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद सुशील श्रेष्ठले लोकतन्त्रको आधारशिलाको रुपमा रहेको स्थानीय निकायको निर्वाचन तोकिएकै महिनामा सम्पन्न गराउने विषयमा दलहरुबीच सहमति हुन आवश्यक छ–भने ।

उनले भने, ‘नीति तथा कार्यक्रममा राजनीतिक सहमति र मुलुकलाई समृद्धितिर लैजाने धेरै कार्यक्रम परेका छन् । यो स्वागतयोग्य भएकाले समर्थन गर्दछु । यसमा मठमन्दिरलाई दिने अनुदान रोकेकाले त्यसलाई सच्याउन आवश्यक छ ।’

दूरदृष्टि बोकेको रचनात्मक दस्तावेज : फोरम लोकतान्त्रिक
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता एवम् सांसद जीतेन्द्रनारायण देवले आर्थिक रुपान्तरण र समृद्धिका हिसाबले मुलुकलाई अघि बढाउन नीति तथा कार्यक्रम दूरदृष्टियुक्त रचनात्मक दस्तावेजका रुपमा आएको भन्दै समर्थन गरे ।

उनले भने, ‘युवालाई स्वरोजगार बनाउने, संवाद र सहमतिको राजनीतिक संस्कार अघि बढाउनेलगायतका विषयवस्तु नीति तथा कार्यक्रमको स्वागतयोग्य पक्ष हो ।’

मधेसका समस्या समाधानमा उदारता देखाउनुपर्नेमा त्यसमा कमी कमजोरी भएको बताउँदै सांसद देवले भने,  ‘भारतसँगको सम्बन्ध सुगौली सन्धिका आधारमा होइन, सन्तुलित र व्यावहारिक हिसाबले अघि बढाउने नीति अवलम्बन गर्न आवश्यक छ ।’ रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ