सिजी बाण्डका सामानमा एकलाख पचासहजार सम्मको कोभिड बिमा योजना
प्रकाशित २०७७ असार ८ सोमबार
627
Shares
काठमाडौं। सिजी ब्राण्डले सबै ग्राहकवर्गहरुमा कोरोना भाइरससंग सम्बन्धित सिजी लिड टेलिभिजन तथा घरायसी इलेन्ट्रिक सामानहरुको “बिमा योजना” ल्याएको जनाएको छ। यस योजना अन्र्तगत ग्राहकहरुले टेलिभिजन तथा घरायसी इलेन्ट्रिक सामानहरुको खरिदमा एकलाख पचासहजार सम्मको सुरक्षा पाउनेछन्। यो योजना सबै स्टोर तथा अनलाइनहरुमा आगामी ३१ चैत्र, २०७७ सम्म लागू हुने जनाइएको छ।
सिजी ब्राण्डका सामाग्रीहरुमा यस्ता गुणहरु छन् जसले घर स्वस्थ्य र सुरक्षित राख्न मद्त गर्ने कम्पनीले जनाएको छ। बिमा योजना अनुरुप ग्राहकहरुले ५०,००० प्रति व्यक्ति प्राप्त गर्नेछन्। यो योजना सिजी ले कोरोना भाइरससंग लड्नको लागि र यस महामारीको समयमा आफ्नो ग्राहकहरुका स्वास्थ्य प्रतिको चासोलाई सम्बोधन गर्न यो योजना ल्याएको जनाएको छ।