arrow

२ बालबालिकासहित रंगेलीमा एकै पटक ८ जनामा कोरोना, आएका थिए दिल्लीबाट

logo
किरण न्यौपाने,
प्रकाशित २०७७ असार ८ सोमबार
corona-niko-test.jpg

रंगेली । मोरङको रंगेली नगरपालिका स्थित क्वारेन्टाइनमा बस्दै आएका ८ जनामा कोरोना देखिएको छ । 

नगरपालीकाले ८० जनाको पिसिआर संकलन गरी प्रदेशीक प्रयोगशालामा परिक्षणका लागी पठाउदा सोमबार ८ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर दिलीप वगडीयाले जानकारी दिए ।

 संक्रमित ८ जना मध्ये ३ महिला २ बालबालिका र अन्य ३ पुरुष रहेका छन्।  यो सँगै रंगेलीमा संक्रमितको संख्या १० जना पुगेको छ । 

संक्रमितहरु असार ३ गते भारतको दिल्लीबाट रंगेली नगरपालीकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको उपचारका लागी धरान लैजाने तयारी भइरहेको मेयर वगडीयाले जानकारी दिए । 

 यस अघि रंगेली नगरपालिकामा २ जना संक्रमित फेला परी सकेका थिए , उनिहरु दुवै जना उपचार पछी घर फर्किसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ