arrow

‘बजेटसक्न असारे विकास हुन छाडेन’

logo
प्रकाशित २०७७ असार ८ सोमबार
road-3.jpg.jpeg

काठमाडौँ । पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन  थालेपछि सडक धुलाम्मे र वर्षाले हिलाम्मे समेत भएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा सांसद्हरुले पहिले सडक बनाउने र यसपछि ढल, पैदलयात्रु मार्गलगायतका  संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गरे ।  

उनहरुले पहिले संरचना निर्माण गरेर मात्रै सडक निर्माण गर्दा दोहोरो खर्च नहुने सरकारलाई सुझाव दिए ।  बैठकमा समितिका सदस्य सञ्जयकुमार गौतमले आवको शुरुदेखि बनेका सडक अहिले खन्ने काम भइरहेको,  केही समय पहिले जतासुकै कालोपत्र देखिएका ठाउँहरुमै अहिले धमाधम खन्ने काम भइरहेका र  राष्ट्रिय गौरबको आयोजनाको प्रगतिका बिषयमा जानकारी दिन सरकारसित माग गरे । उनले भने, “कुनकुन आयोजना कहिले सम्पन्न हुन्छ र त्यसको अहिलेसम्मको प्रगति कति छ जनतालाई जानकारी दिनुपर्छ ।”

समितिका सदस्य गौरीशंकर चौधरीले पहिले पैदलयात्रु मार्ग र ढल बनाएर पछि सडक बनाउनुपर्नेमा त्यसको ठीक विपरित भइरहेको तर्फ सरकारको ध्यान जावोस भने । उनले भने, “समन्वयको अभावमा पहिले सडक चिल्लो बनाउने पछि भत्काउने भइरहेको देखिएको छ ।”

अर्का सदस्य आशाकुमारी बिकले दुर्गम जिल्लामा योजना वर्षेनी दोहोरिने तर निर्माण कहिल्यै सम्पन्न नहुने समस्या रहेको गुनासो गरे । उनले भने, “वर्षेनी किताबमा बजेट आउने तर योजना नसकिने हुँदा समस्या कहाँ छ भनी खोजी गर्न जरुरी छ ।”

समिति सदस्य केदार सिग्देलले मेलम्चीको पानी असारसम्ममा काठमाडौँमा झारिसक्ने प्रतिबद्धता भएपनि त्यसअनुसार काम भएको वा नभएको भनी समितिलाई जानकारी नभएको टिप्पणी गरे ।  उनले भने, “आबश्यक भएमा निर्देशन पनि दिनुपर्छ ।”

समिति सदस्य लीलानाथ श्रेष्ठले समितिले दिएका धेरै निर्देशनको पालना नभएको, र समितिले बिगतमा हुलाकी राजमार्गमा एउटै मापदण्डको सडक निर्माण गर्न मन्त्रालयलाई निर्देशनलाई  वेवास्ता नगर्न आग्रह गरे । 

समितिका सदस्य गणेशकुमार पहाडीले मेलम्ची खानेपानी आयोजनाको प्रगतिका बारेमा सम्बन्धित समिति विकास समिति नै बेखवर रहेको औल्याउनुभयो । अहिले मेलम्चीको पानी काठमाडौँ ल्याउनु मात्रैभन्दा त्यो पानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाई छ । 

समितिकी सभापति कल्याणीकुमारी खड्काले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि असारे बजेट सक्ने गरी काम भइरहेकोमा चिन्ता व्यक्त गरिन् । राष्ट्रिय गौरबका आयोजनामा रहेका समस्या हटाएर समयमै सम्पन्न गर्नुपर्नेमा उनको जोड छ । उनले भनिन्, “तयारी राम्रो नभए मेलम्चीको पानीले काठमाडौँमा बाढीको समस्या आउन सक्नेछ ।”

समितिलाई सोमबार नै सवारी दुर्घटना न्युनिकरण अध्ययन उपसमितिले प्रतिबेदन बुझाएको छ । सार्वजनिक यातायात व्यवस्थित, सर्वसुलभ, सुरक्षित र भरपर्दाे नुहनु, जीर्ण तथा पुराना हुनु, व्यवसायिक तथा तालिमप्राप्त सवारी चालक नहुनु, तीनको श्रम, समयसीमा नियमन गर्ने मापदण्ड नहुनु, संस्थागत क्षमता तथा प्रविधिमैत्री कार्यप्रणाली नहुनु र सवारीसाधनको नियमित र व्यवस्थित परीक्षण नहुनु सवारी दुर्घटना नहुनु दुर्घटना न्युनिकरणका प्रमुख समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । 

समितिका सदस्य  पहाडीको संयोजकत्वमा बनेको उपसमितिमा समितिका गौरीशंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनुवार र रङ्गमती शाही  रहेका थिए । समितिको गत पुस ४ मा बसेको बैठकले उपसमिति गठनको निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ