arrow

६ संस्थाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

logo
प्रकाशित २०७७ असार ८ सोमबार
kising.jpg

डोटी । डोटीको के.आई. सिंह गाँउपालिकालाई विभिन्न सहयोगिहातहरुले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । सोमबारमात्र केआईसिंह गाँउपालिकालाई बिभिन्न ६ वटा संस्थाहरुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । 

आनी छोइङ्ग फाउन्डेसन, प्रारम्भ सामाजिक संस्था, रेडक्रस सोसाईटी पश्चिम महिला जागरण समुह, मनघरी फाण्डेसन र रैका टुर्स एण्ड ट्रेक्स प्रालि काठमाण्डौंले पीपीसेट, ग्लोब्स, मास्क,साबुन , पञ्जा लगायत स्वास्थ्य सामाग्री केआईसिंह गाँउपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर बोहरालाई उपलब्ध गराएको गाँउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । सोही संस्थाले शिखर नगरपालिकालाई पनि स्वास्थ्य सामाग्री नगरप्रमुख सीताराम जोशीलाई सोमबार नै हस्तान्तरण गरेको छ ।

ति संस्थाहरुको तर्फबाट प्रतिनिधीत्व गर्दै नेपाली कांग्रेसका जिल्ला सचिव नारायण जोशीले सामाग्रीहरु स्थानिय तहहरुलाई हस्तान्तरण गरेका थिए ।  त्यसैले सुदूरपश्चिमका बिभिन्न स्थानिय तहहरुमा गर्भवती महिला तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक सामाग्रीहरुलाई उपलब्ध गराउदै आएको सुरक्षित मातृत्व संजाल महासंघ नेपालले पनि सोमबार नै केआईसिंहलाई पनि हस्तान्तरण गरेको छ । पीपीई सेट, सेनिटाईजर, थर्मल गन, पञ्जा , मास्क, सेनिटरी प्याड लगायतका सामाग्रीहरु संस्थाका तर्फबाट नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउबा लगायतका नेताहरुले गाँउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको रोहबरमा दुर्गामाण्डौ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् । 

गाँउपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले सबैलाई सहयोगका लागि धन्यबाद दिएका छन् । उनले सबैको सहयोगबाट मात्रै कोभिड १९ बिरुद्ध लड्न सकिने भएकाले एकताबद्ध भई जुट्नु पर्ने बताए । 

यस अघि केआईसिंह गाँउपालिकालाई नेपाल नर्वे सम्पर्क समितिका सभापति जीतेन्द्र शाहीको  पहलमा २ लाख ३० हजार बराबरको सामाग्री केआईसिंह, शिखर र सायलमा हस्तान्तरण भएको थियो भने उद्योग बाणिज्य संघ केआईसिंह उपशाखाले नगद ५० हजार, दुर्गामाण्डौ स्वास्थ्य चौकी इन्चार्ज भिष्मराज पाण्डेयबाट १० हजार तथा केआईसिंह ४  चन्केसैनका बासुदेव जोशीले ५ हजार रुपैया गाँउपालिकाको राहत कोषमा जम्मा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ