arrow

पाल्पा :पहिरो झर्ने क्रम जारी, हेलमेट फेला मोटरसाईकल पनि परेको आशंका

logo
नारायण वली,
प्रकाशित २०७७ असार ८ सोमबार
palpa-pahiro.jpg

रुपन्देही । पाल्पाको तानसेन–रिडी खण्डमा गएको पहिरो स्थलमा एउटा हेलमेट फेला परेको छ । हेलमेट फेला परेसँगै  मोटरसाईकल पनि पहिरोमा परेको आंशका गरिएको छ ।  तर मोटरसाईकल र मानिस भेटिएको छैन ।  

घटनास्थलमा अहिले पहिरो हटाउन जेसिवी पुगेपनि माथिवाट पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन समस्या भएको छ । स्थानीय सिस्ने खोला नजिक लिपिनदेवि मन्दिर छेवैमा पहिरो खसेको हो । घटनास्थल पाल्पाको तानसेन नगरपालिका वडा नं.११ सम्मोवारी भन्ने स्थानमा पर्छ।

पहिरोले ४ वटा सवारी साधन बगाएको भेटिएको छ भने २ जनाको शव फेला परेको छ । पहिरोमा परी १ जना गम्भीर घाइतलाई उद्धार गरी थप उपचारका लागि सदरमुकाम पाल्पा पठाईएको प्रहरीले जानकारी दिएको छ । पहिरो खस्दा ट्यांकर १, बोलेरो जीप १, मिनी ट्रक १ र एउटा कारलाई माथि वाट खसेको पहिरोले पुरिएको वताईएको छ ।

चार वटा सवारी साधनमा कति सवार थिए भन्ने वारे जानकारी नभएको र उद्धारका लागि अहिले घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पका प्रहरी नायव उपरिक्षक मदन गिरीले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ