arrow

पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ असार ८ सोमबार
pcr-test-corona-nepal.jpg

सुर्खेत । कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल प्रशासनका अनुसार क्वारेन्टाइनमा बसेका ४२ जना स्वास्थ्यकर्मीको पिसिआर विधिबाट गरिएको परीक्षणबाट पाँच जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

 गत जेठ ३१ र ३२ गते आकस्मिक कक्षमा भर्ना भएका दैलेखका दुई र सुर्खेतका एक जना बिरामीमा कोरोना पोजेटिभ देखिएको थियो । ती बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा थिए । उनीहरुलाई हाल प्रदेश अस्पतालकै आइसोलेशन कक्षमा राखिएको छ । 

पोजेटिभ देखिएकामध्ये चार जना प्रयोगशाला तथा एक जना भने एक्स–रे कक्षमा कार्यरत हुन् । अस्पतालका निर्देशक खड्काले स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि केही घण्टा सिल गरिएको आकस्मिक सेवा भने हाल सञ्चालन भइसकेको बताए। 

कर्णालीमा एकैपटक यति धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ