arrow

सोमबार कहाँकहाँ भए चार्टर्ड उडान ?

logo
प्रकाशित २०७७ असार ८ सोमबार
himalaya-airlines--aircarft1.jpg

काठमाडौँ । मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार पनि एकैदिन १७ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।
    
सोमबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बहराइनबाट १५० यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले पाकिस्तानको ईस्लामाबादबाट ७२ यात्रु ल्याएको छ । 

सोही एयरलाइन्सले माल्दिभ्सबाट १५६ यात्रु ल्याएको छ । 

सोमबार राति नेपाल एयरलाइन्सको वाइड बडी जहाज अष्ट्रेलियाको सिड्नी उडेको जनाइएको छ । 

त्यसैगरी हिमालय एयरलाइन्सको जहाज सोमबार राति १० बजे दोहा उड्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ सोमबार समिट र तारा एयरले लुक्लामा समान एक उडान गरेका छन् । मनाङ एयरको लुक्लामा तीन उडान भएको छ ।

 सिम्रिक एयरको हेलिकप्टरले सोलुखुम्बु र कैलाश एयरको हेलिकप्टरले भैरहवा उडान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै कतार एयरले ३०३ यात्रु लिएर दोहा उडेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ