arrow

आइसिटी अवार्डको नोमिनेशन शुरू, नयाँ विधासहित ११ विधामा नोमिनेशन गर्न सकिने

logo
प्रकाशित २०७७ असार ८ सोमबार
ICT-award-logo-2020.jpg

काठमाडौं। सूचना प्रविधि क्षेत्रको आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन असार ८ बाट सुरु भएको छ। लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६ सम्म खुल्ला गरिएको जनाइएको छ।

कोरोनाको प्रभाव र महामारीको कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगष्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुने आयोजनले जनाएको छ। अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने कुरा संयोजन राजन लम्सालले बताए।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ। इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन्। स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरु इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन्। यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन्।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरुलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन्। सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन्।

अवार्डमा नोमिनेशन तथा आवेदन दिनको लागि आधिकारिक वेबसाइट  ictaward.org मा गएर सम्बन्धित विधा (क्याटेगोरी) अनुसार अनलाइन फारम भर्न सकिने आयोजनले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ