arrow

रियालसंग बदला लिने, च्याम्पियन्स लिग एथ्लेटिकोले जित्ने फोर्लानको दावी

बार्सिलोनाका कसैले पनि रियालले उपाधि जितेको हेर्न चाहेका छैनन् : मेसी

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
DiegoForlan.jpg.jpeg
एजेन्सी । उरुग्वेयन  स्टार तथा सन् २०१० को विश्वकपको गोल्डेन बल विजेता डिएगो फोर्लानले यो सिजनको च्याम्पियन्स लिग एथ्लेटिको मड्रिडले जित्ने बताएका छन् ।  हाल उरुग्वेयन क्लब पेनारोलबाट खेलिरहेका उनी एथ्लेटिको मड्रिडका पूर्व खेलाडी हुन् । सन् २०१४ को च्याम्पियनस लिग फाइनलमा यी दुई टोलीबीच भएको खेलमा एथ्लेटिको ९० औंं मिनेट सम्म १–० ले अघि थियो । 
 
अतिरिक्त समयको ३ मिनेटमा रियालका सर्जियो रामोसले गोल गर्दै १–१ को बराबरी गरे । बराबरीले खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलियो । थपिएको ३० मिनेटमा रियालले थप ३ गोल गर्दै नाटकिय रुपमा च्याम्पियनस लिग जितेको थियो । उक्त खेलमा एथ्लेटिकोका खेलाडी आफ्नो नाटकिय पराजय पछी मैदानमा भकानिदै रोएका थिए । यस पटक अनेपक्षित रुपमा फाइनल यात्रा गरेको एथ्लेटिकोले क्वार्टरफाइनलमा स्पेनिश क्लब बार्सिलोना तथा सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई स्तब्ध पार्दै उपाधी कब्जा गर्ने बाटो तय गरेको छ । 
 
बार्सिलोनाका कसैले पनि रियालले उपाधि जितेको हेर्न चाहेका छैनन् : मेसी 
आगामी मे २९ मा हुने फाइनल खेलमा एथ्लेटिकोले जित्ने बार्सिलोनाका स्टार लियोनल मेसीले विश्वास गरेका छन् । एक अन्तर्वार्तामा उनले बार्सिलोनाका कसैले पनि रियाल मड्रिडले कुनै पनि उपाधि जितेको हेर्न नचाहने बताएका हुन् । मेसीले च्याम्पियन्स लिग फुटबलको फाइनलमा समेत रियाल मड्रिड छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग पराजित हुने आशा गरेका छन् । उनको टोली बार्सिलोना क्वार्टरफाइनलमा एथ्लेटिको मड्रिडसग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ