arrow

आज पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नु वेश, गर्नैपरे के गर्ने ? 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ असार ९ मंगलबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ आषाढ ९ गते मंगलबार, इस्वीसंवत जुन २३ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज आषाढशुक्लपक्षको द्वितीया तिथि बिहानमा ११ बजेर १५ मिनेटसम्म त्यसउप्रान्त तृतीय तिथि लाग्नेछ ।

आज पुनवर्सु नक्षत्र, विष्कुम्भादि योगमा ध्रुव, करणमा तैतिल, आनन्दादि योगमा स्थिर रहनेछ । सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा बिहान ८ बजेसम्म त्यसपछि कर्कट राशिमा प्रवेश गर्नेछन् । 

आज दिनमान ३४ घटि ३६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ११ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजेर १ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेषः मेष राशि भएकाहरूका आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुँन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादीहरू हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ । प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय भन्दा बेलुकाको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेको छ ।

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाईलो यात्राको तय हुँनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज पनि समय त्यत्ति शुभ छैन । आत्मिय मित्रका सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानि नहुदा दैनिक खर्च जुटाउन कुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानिका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कटः आज कर्कट राशिका लागि आज पनि समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावलि पक्षको सहयोग पाईने हुनालेकामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । प्रतिष्पर्धीहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । 

सिंहः सिंह राशि भएकाहरुका लागि आज पनि समय खराब छ । बिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बढीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अबिश्वासको वातावरण सिर्जना हुनेछ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रै छ । बिभिन्न अबसरहरु आउने हुँदा त्यसलाई क्याच गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुशियाली छाउनेछ ।

तुला  तुला राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुँन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महसुस हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनुः धनु राशिका लागि आज पनि समय राम्रै रहने छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पुरानो रोग तथा समस्याहरु स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ ।

मकर मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । बिभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ । मध्यान्हपछि लामो दुरीको विदेश यात्राको तय हुँनेछ भने खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ ।

कुम्भः कुम्भ राशिका लागि आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुँन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुखि बनाउँनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग अनावश्यक विवाद हुन सक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

साइतः आज चन्द्रमा बिहान ८ बजेसम्म मिथुन र त्यसपश्चात् कर्कट राशिमा प्रवेश गर्नेछन् । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । यदि बाध्यताबश यात्रा गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः११ बजेदेखि         ६ः४१ बजेसम्म        रोग बेला
बिहान ६ः४१ बजेदेखि         ८ः११ बजेसम्म        उद्धेग बेला
बिहान ८ः११ बजेदेखि         ९ः४१ बजेसम्म        चर बेला
बिहान ९ः४१ बजेदेखि        ११ः११ बजेसम्म        लाभ बेला
बिहान ११ः११ बजेदेखि        १२ः४१ बजेसम्म        अमृत बेला
मध्यान्ह १२ः४१ बजेदेखि      २ः११ बजेसम्म        काल बेला
दिउँसो २ः११ बजेदेखि        ३ः४१ बजेसम्म        शुभ बेला
दिउँसो ३ः४१ बजेदेखि        ५ः११ बजेसम्म        रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ