arrow

दुबईबाट नेपाल ल्याइएका धेरै गर्भवतीलाई दुई दिनसम्म भोकै राख्यो सरकारले, भिडियो हेर्नुस्

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
Capture18.JPG

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि नेपाल आउन चाहेकालाई विदेशबाट सरकारले नेपाल ल्याउने क्रममा अमानवीय व्यवहार गरेको पाइएको छ । 

गत १८ तारिख दुबईबाट हिँडेकाहरु १९ तारिखमा काठमाडौं आइपुगेका उनीहरुलाई दुई दिनसम्म पानीसमेत पिउन नपाएको गुनासो उनीहरुले गरेका छन् । 

सबैजसो गर्भवती रहेका छन् । उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर पोखरा ल्याउनका लागि कलंकीमा पाँच घण्टा गाडीमा राखेर लगिएको र बाटोभरि पानीसमेत पिउन नदिएको उनीहरुको गुनासो छ ।

मुग्लिङ ल्याएर रातभरि राखेर आर्मीको क्याम्पमा सेनाका अधिकृतले दुर्व्यवहार गरेको उनीहरुले गुनासो गरेका छन् ।  

एक गर्भवतीले भनिन् ‘हाम्रो अवस्थामा यस्तो छ । १९ तारिखको फ्लाइटमा आएका हौं । दबाई खाने अवस्था छ । बसेको बस्यैं छम् । सुत्न त टाढाको कुरा भयो । यहीं पाउने हो कि । डेलीभरी यहीं गर्दिर्ने हो कि के हो ?’

‘बस कुर्न लागेको भन्छन् । जतिवटा फ्लाइट आउँछ त्यतिवटा कुरेर बस्न सक्छम् त । सरकारले सक्दैन भने हामीलाई छोडिदिनु पर्यो । यस्तो चालले भएन ।’

अर्की एक गर्भवतीले भनिन्, ‘उद्दार गर्नुस् भन्दा मरे फाल्छम् भन्छन् ।’ 

भिडियो हेर्नुस्, सौजन्य– भरत बीकेको फेसबुकबाट ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ