arrow

पाल्पा पहिरोमा ज्यान गुमाउनेको सनाखत, नामावलीसहित

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
palpa-pahiro.jpg

पाल्पा । तानसेनको सम्मोबारीमा पहिराले गाडी बगाउँदा मृत्यु हुनेको मंगलबार सनाखत भएको छ ।  मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र  काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा मृतकका आफन्तसँग सम्पर्क भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । 

पहिरो खस्दा अवरुद्ध तानसेन –तम्घास सडकखण्डको सम्मोबारी क्षेत्रमा पहिरो र गाडी हटाइएपछि यातायातका साधन मंगलबार बिहानदेखि सञ्चालनमा आएका छन् । 

पहिराले लु २ ख १३७६ नम्बर ट्रक र लु १ क १९२८ नम्बरको ट्याङ्करलाई बगाएको हो । 

ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सामा टुक्राटुक्रा अवस्थामा छ । 

लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप जीपलाई सडकबाट हटाइएपछि यातायातका साधन सञ्चालनमा आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ