arrow

सुशान्तको मृत्युपछि निशानामा सलमान, गरे यस्तो आग्रह

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
salamn-susant.png

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि सलमान खान र उनको परिवारलाई निशाना बनाइएको छ। सुशान्तका फ्यानहरू र सोशल मिडिया प्रयोगकर्ताहरूले सलमानलगायत अरू धेरै अभिनेताहरूलाई बलिउडमा भतिजावाद बढाउन लागिपरेको  दोष लगाइरहेका छन्।

सुशान्त बलिउडको गुटबन्दीबाट हैरान थिए, जसका कारण उनले आत्महत्या गरेको प्रयोगकर्ताहरूको बुझाइ छ । निरन्तर विरोधपछि, सलमान खान आफै  अगाडि आएका थिए  । उनले ट्वीट गरेर सबैलाई सुशान्तको परिवारलाई सहयोग गर्न आग्रह गरेका थिए । 

यसैबीच, एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ जसमा सुशान्त र सारा 'बिग बोस' को सेटमा छन्। सलमान र सुशान्तबीच  कुने खटपट थिएन । यसैकारण सलमानका फ्यानहरूले भिडियो सलमान र सुशान्तसँग शेयर गरिरहेका छन्। भिडियो सुशान्त र सारा फिल्म 'केदारनाथ' प्रमोशन गर्न 'बिग बोस' को सेटमा पुगेका थिए।

'बिग बोस' को यस एपिसोडमा सलमानले सारा र सुशान्तसँग रमाइलो गरेका थिए। एक अन्य भिडियोमा सलमान सुशान्तलाई दर्शहरुसँग परिचय गराएका छन्। सलमान सुशान्तको प्रशंसा गर्दै भन्छन् 'यी सुशान्त सिंह राजपूत, यी धेरै राम्रो अभिनय गर्छन्, राम्रो डांस गर्छन्।'

योभन्दा पहिले सलमान खानले एक ट्वीट गर्दं लेखेका थिए  'म आफ्ना सबै प्यानहरुसँग अनुरोध गर्छु । सुशान्तका फ्यानहरुसँग मिलेर रहुन् । गलत भाषाको प्रयोग नगरुन्। भावनालाई बुझ्न कोशिश गरुन्। यस मुश्किल समयमा सुशान्तका परिवारका सहारा बनुन्। आफ्नोलाई गुमाउदा धेरै दुख हुन्छ।'

यसै घटनालाई लिएर  जिया खानकी आमाले सलमान खानलाई सुरज पंचोलीलाई बचाएको आरोप लगाएकी छिन्। दिवंगत अभिनेत्री जिया खानकी आमा रबिना अमीनले एक भिडियो शेयर गर्दै सो आरोप लगाएकी हुन्। सो भिडियोमा उनले सलमान खानलाई सूरज पंचोली बिरूद्धको अनुसन्धानमा प्रभाव पार्ने आरोप लगाएकी छन्।

जिया खानको मृत्यु भएको एक हप्ता पछि उनकी दिदी कविताले ६ पृष्ठको चिठी प्राप्त गरिन्। सो चिठीमा कसैको नाम लेखिएको छैन। तर, चिठीले जियाका प्रेमी सूरज पंचोलीतिर इशारा गरेको थियो। सो चिठीमा स्पष्ट रूपमा लेखिएको थियो 'उनि भित्रबाट टुटेकि छन् । लगातार धोका खाएपछि उनी बाच्नुको कुनै कारण छैन।'

जिया त्यसबेला अभिनेता सूरज पञ्चोलीसँग रिलेसनमा थिइन् । जियाको आत्महत्यामा सूरज तानिने नै भयो । यद्यपी सूरजले आफुलाई निर्देश सावित गर्न अनेक यत्न गरे । सो घटनाले पुन अभिनेता सूरजमाथि औंला उठाएको छ ।

भिडियोमा रबिना भन्छिन्, 'यो दादागिरि बलिउडमा अन्त्य हुनुपर्‍यो। दादागिरी पनि एक तरीकाले कसैको हत्या गर्नु जस्तै हो। जे भए पनि अहिले २०१५ को सम्झना गराउँछ। मलाई लण्डनका एक सीबीआई अफिसरले बोलाए। जब म उनलाई भेट्न गएँ, उनले मलाई भने, आउनुहोस्, हामीसँग एउटा महत्त्वपूर्ण प्रमाण छ। म त्यहाँ पुग्दा उनले मलाई भने, 'सलमान खानले मलाई कल गरेका थिए । उनी मलाई हरेक दिन कल गर्दछन् र भन्छन् उनले धेरै पैसा खर्च गरेका छन्।'

रविना भन्छिन्, ती सीबीआई अफिसरलाई सूरज पंचोलीलाई सोधपुछ नगर्न भनिएको थियो।  यसलाई नछोऊ। त्यसोभए हामी के गर्न सक्छौं, मेडम। उनी असाध्यै निराश देखिन्थे, मैले यो कुरा दिल्लीमा बसिरहेका शीर्ष सीबीआई अफिसरहरू समक्ष लगे। यदि तपाईं पैसा र शक्तिलाई यस प्रकारले मृत्यु र अनुसन्धानलाई प्रभाव पार्न प्रयोग हुन्छ भने, हामी जस्ता नागरिक कहाँ जाने । म यति मात्र  भन्न चाहन्छु बलिउडको यो व्यवहारको बिरुद्धलड्नुपर्छ, प्रदर्शन गर्नुपर्छ र  अन्त्य गर्नुपर्छ।'

आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् । कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा  झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो । 

तर राजपुतका मामा आरसी सिंहले उनको हत्या भएको बताएका थिए । भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ