arrow

रामदेवले बनाए कोरोनाको आयुर्वेद औषधि, ७ दिनमा ठिक पार्ने दावी

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
ramdev1.jpg

काठमाडौं । बाबा रामदेवले कोरोनाको आयुर्वेदक औषधी बनाएका छन् । बाबा रामदेवको पतन्जलि आयुर्वेदले कोरोनाको औषधि 'कोरोनिल' बनाएको हो ।

२८० जनाको परिक्षण गर्दा 'कोरोनिल' ले ७ दिनमा सबै कोभिड १९ का संक्रमितलाई ठिक पारेको बाबा रामदेवले दाबी गरेका छन् । 

परिक्षणको तीन दिनमा ६९ प्रतिशत ठीक भएका बिरामी ७ दिनमा सबै ठिक भएका हुन् ।

हरिद्वारमा आयोजित कार्यक्रममा औषधी मात्र सार्वजनीक गरेनन् उनले कोरोनामा रामबाण समेत हुने सुनाए  ।

कोरोनिल औषधी ७ दिनभित्र पतञ्जलीको स्टोरमा उपलब्ध हुने बाबा रामदेवले बताएका छन् । 

कोरोनाको औषधि बनाउन पतञ्जलीका टोलीसहित भारत सरकारका डाक्टर, प्रोफेसर सहभागी थिए ।

पतञ्जलीले बनाएको औषधीको अनुसन्धान प्रक्रियाको सबै कुराहरु वैज्ञानिक शोधमा समेटिएको रामदेवले वताए। स्थानीय जडिबुटिको प्रयोग गरेर औषधी बनाइएको बताइएको छ ।

६ सय रुपैयामा औषधी बजारमा पुर्याउने तयारी भइरहेको रामदेवले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ