arrow

सरकारीले योजना अनुसार मल खरिद नगर्दा बर्खेबालीको लागि मलको चरम अभाव

भएको मलको मौज्दात सकिन लाग्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ९ मंगलबार
fertilizer-urea.jpg

काठमाडौं। सरकारको आफ्नै योजना अनुसार रसायनिक मल (युरिया, डीएपी र पोटास) आपूर्ति गर्न नसक्दा यस वर्ष बर्खेबालीलाई मलको चरम अभाव हुने देखिएको छ। ४ लाख ४८ हजार मेट्रिक टन रसायनिक मल आयात गरेर किसानलाई वितरण गर्ने सरकारी योजना भएपनि योजना अनुसार मलको आपूर्ति गर्न नसक्दा किसान चर्को मारमा पर्ने भएका हुन् । यससँगै कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषिमा आकर्षित गर्ने आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारी योजनामा पनि धक्का लाग्ने भएको छ।

कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्धक नेत्र भण्डारीका अनुसार नेपालमा धान, गहुँ र मकैका लागि वार्षिक ७ लाख ८५ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ, तर, सरकारी अनुदानमा मलको आपूर्ति गर्दै आएका कृषि सामाग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसनले वर्षभरि ४ लाख ४८ हजार मेट्रिक टन मात्रै मल आयात गरी सहरकारी मार्फत किसानलाई वितरण गर्ने योजना चालु आर्थिक वर्ष २०७६/०७७को सुरुमै बनाएका थिए।

कृषि सामाग्री कम्पनी र साल्ट ट्रडिङले उक्त योजना अनुसार मलको आयात गर्न भने सकेका छैनन्। अहिले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ लिमिटेडसँग ८ हजार मेट्रिक टन मात्रै रासायनिक मल मौज्दात कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जानकारी दिएको छ । दुवै निकायको गरेर जम्मा १ लाख ५ हजार मेट्रिक टन आयातको क्र

ममा रहेको छ। आयातको क्रममा रहेको उक्त मल जेठ महिनामै नेपाल आइपुग्नु पर्ने भएपनि अझै आइपुगेको छैन। आर्थिक् वर्षको सुरुमा नै मल आपूर्तिमा देखिएको समस्याले सरकारले आगामी आर्थिक वर्षमा लिएको लक्ष्य प्राप्तिमा समेत धक्का लाग्ने देखिएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट मार्फत  महिला सहकारी समुहहरु, अर्ध बेरोजगार र वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि व्यवसायमा आकर्षित गर्ने लक्ष्य राखेको छ। आर्थिक वर्षको सुरुमै मलमा देखिएको यस्तो समस्याले सरकारी बजेटमार्फत राखेको लक्ष्य प्राप्तिमा समेत धक्का लाग्ने देखिन्छ। आवश्यक पूर्वाधार उपलब्ध नभएपछि  कृषिमा युवा आकर्षित नहुने राष्ट्रिय कृषक महासँघका अध्यक्ष उद्धव अधिकारी बताउँछन्। ‘सरकारले भन्ने एउटा गरेको छ। व्यवहारमा अर्कै गर्ने गरेको छ’ उनले भने, ‘बजेटमा लिएको युवा आकृषितका लक्ष्य गफ नै हुन्।’

यस वर्षको सुरुमै किसानलाई सहज रुपमा मल उपलब्ध गराउने भन्दै सरकारले मलको बजेट ९ अर्ब रुपैयाँ पुर्याएको थियो, तर सरकारी लापरवाहीका कारण अहिलेसम्म पनि आवश्यकता अनुसार मल आपूर्ति नभएको गुनासो किसानले गरेका छन्। ‘अहिलेसम्म पनि किसानले सहज रुपमा मल नपाउनु सरकारको लापरवाही नै हो’ अध्यक्ष अधिकारीले भने, ‘बर्खेबालीको लागि पनि मलको समस्या हुने देखिएको छ। अहिले सम्म सरकारी कर्मचारी के हेरेर बसेका थिए?’

यता कृषि सामाग्री कम्पनी लिमिटेडले योजना अनुसार मलको आयात गर्न नसकेको स्वीकार गरेपनि बर्खामा मलको अभाव नहुने दावी गरेको छ। कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्धक भण्डारीले चैतदेखि असार पहिलो सातासम्म पनि केही मल बजारमा पठाइसकेको र आयातको क्रममा समेत रहेकाले साउन भदौसम्म मलको अभाव नहुने दावी गरे। उनका अनुसार आयातका क्रममा रहेको १ लाख ५ हजार मेट्रिक टन मल आगामी साउनमा नेपाल आइपुग्ने छ। लकडाउनका कारण यातयातमा आएको समस्याले मल आयातमा केही ढिलाई भएको समेत भण्डारीको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ