arrow

खर्च गर्न बाँकी रकम कोरोनामा लगाउन निर्देशन

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
general-administration-federal-affairs.jpg

काठमाडौँ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

स्थानीय पूर्वाधार कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७७ को तेस्रो संशोधन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०७६-७७ को कार्यक्रम आयोजनालाई छुट्याइएको तर खर्च गर्न बाँकी रकम कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न निर्देशन दिएको हो । 

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले कार्यक्रमलाई खर्च नभएको रकम कोभिड–१९ नियन्त्रणमा गरिने निर्णय गरेसँगै मन्त्रालयले कार्यक्रम निर्देशक, समितिका संयोजकले अन्य सदस्यसँग परामर्श गरी सबै स्थानीय तहको कोभिड–१९ नियन्त्रण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । 
    
उनका अनुसार कार्यक्रमको कुनै आयोजनामा खर्च नभई बचत रहेको रकम स्थानीय तहमा रहेको कोभिड–१९ को व्यवस्थापनको लागि खोलिएको खातामा राखी कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि खर्च गर्ने छन् ।

कार्यक्रमको बाँकी रकम यही असार १५ गतेसम्म स्थानीय तहमा रहेको कोभिड–१९ को व्यवस्थापनको लागि खोलिएको खातामा जम्मा गर्न भनिएको छ । खरिद प्रक्रियामा नै नगई बाँकी रकम ठेक्का व्यवस्थापन गर्दा बचत हुन गएको र निर्माण व्यवसायी तथा उपभोक्ता समितिसँग भएको सम्झौता बमोजिमको कामको बाँकी रकम जम्मा गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।

 निर्देशनमा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रमअन्तर्गत आफ्नो गाउँपालिका तथा नगरपालिकामा विनियोजन भएको रकममध्ये बचत हुने रकम एकीन गरी कार्यक्रम निर्देशक समितिका संयोजक र जिल्ला समन्वय समितिलाई जानकारी गराउने भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ