arrow

१० हजारले बढेको सुन तोलामा चार सयले घट्यो

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
gold-pure2.jpeg

काठमाडौं । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा मंगलबार रु ४०० ले घटेको छ । 

सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा मंगलबार सोही परिमाणको पहेँलो धातुको मूल्य रु ९० हजार ६०० कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य रु ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी रु ९४० मा खरिदबिक्री भइरहेको छ । 

बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ