arrow

अतिविपन्नलाई खाद्यान्न सामग्री वितरण

logo
प्रकाश बम,
प्रकाशित २०७७ असार ९ मंगलबार
bipanna.jpg

डोटी । डोटीको आदर्श गाउँपालिकाका एक सय २२ जना अतिविपन्नलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । आदर्श गाउँपालिकाको वडा १,२ र ४ का अतिसंकटासन्न परिवारका सदस्यलाई सोम र मंगलबार राहत वितरण गरिएको हो। 

कोरोनाको विषम अवस्था घरपरिवार चलाउन धौ धौ भएका र आयस्तर नभएका एकल महिला ,दलित र अपाङ्गता भएकालाई नेपाल सरकारको मापदण्डअनुसार खाद्यान्न सामग्री वितरण गरेको सामुदायिक बिकास केन्द्र सिडिसिका अध्यक्ष हेमराज जोशीले जानकारी दिए।

 प्रत्येक ब्यक्तीलाई ३० किलो जिरा चामल , ३ किलो दाल,२ किलो चिनी ,२ लिटर तेल, २ किलो नुन र ४ पिस नुहाउने साबुन वितरण गरिएको अध्यक्ष जोशीले जानकारी दिए। संस्थाले गाउँपालिकाको सम्वनयमा वडाले छनोट गरि सिफारिस गरेका अति संकटासन्न परिवारका सदस्यलाई खाद्यान्न वितरण गरिएको जनाएको छ।

 बुध र बिहिवार  गाउँपालिकाका  वडा नम्बर ३,५ र ७ का एक  सय २८ जनालाई राहत बितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष जोशीले जनाए ।सामुदायिक बिकास केन्द्र सिडिसि र वर्ल्ड भिजन ईन्टरनेशनलको साझेदारीमा संचालित कोभर परियोजना अन्तर्गत वितरण गरिएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ