arrow

मोरङमा एकै परिवारका चारजनामा कोरोना संक्रमण

logo
विवेक मिश्र,
प्रकाशित २०७७ असार ९ मंगलबार
corona-india-ppe.jpg

बेलबारी। मोरङको सुन्दरहरैचामा एकै परिवारका थप चार जनामा कोरोना पुष्टि भएको छ । क्वारेन्टाइनमा बसिरहेका चार जनामा कोरोना संक्रमण भेटिएको हो ।

चार जना मध्ये एक जना ५ वर्षका बालक, एक जना ७ वर्षकी बालिका, एक जना ३२ वर्षका पुरुष र एक जना ३६ वर्षकी महिला रहेकी छिन ।

सुन्दरहरैंचा नगरपालिकाको जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार संक्रमित चारै जना एकै परिवारका व्यक्ती हुन । उनिहरु केही दिन अघि भारतबाट आएका थिए । उनिहरु सबै जना नगरपालिकाले सञ्चालन गरिरहेको क्वारेन्टाइनमा बसिरहेका थिए ।

बस्नेतका अनुसार संक्रमित सबै जना सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ का हुन् । उनीहरुको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ