arrow

मेस्सीको पासमा राकिटिचको गोल, रियाललाई उछिन्दै बार्सिलोना शीर्षमा

logo
प्रकाशित २०७७ असार १० बुधबार
barcelona-football.jpg

काठमाडौं । बार्सिलोना स्पेनिश लिग ला लिगा फुटबलमा पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ । 

मंगलबार राति एट्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको हो ।

खेलको ६४ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदानमा छिरेका इभाँ राकिटिचले बार्सिलोनालाई जित दिलाएका हुन् । 

उनले लियोनल मेस्सीको पासमा गोल गरेका हुन् । यो जितपछि बार्सिलोना ३१ खेलबाट ६८ अंकसहित पहिलो स्थानमा पुगेको छ । 

रियाल मड्रिडले बुधबार मायोर्कासंग खेल्दैछ । घरेलु मैदानमा रियालले जित्ने निश्चित प्रायः जस्तै छ । 

यदि गोलरहित बराबरीमा वा पराजित भएका खण्डमा बार्सिलोनाले स्पष्ट तीन अंकको अग्रतामात्र बनाउने छैन गोल अन्तरमा पनि अगाडि रहने छ । 

बार्सिलोना र रियालबीचको गोलको अन्तर १ मात्र रहेको छ । तर रियालले जितले सजिलै बार्सिलोनालाई उछिन्नेमात्र छैन बढी भन्दा बढी गोलले अन्तर पनि बढ्ने छ । 

अन्य खेलको नतिजा
मंगलबार रातिको खेलमा लेभान्ते घरेलु मैदानमा एथलेटिको मड्रिडसंग १–० गोलको हारको सामना गर्यो । 

रियाल भल्लाडोलिडले घरेलु मैदानमा गेटाफेसंग १–१ गोलको बराबरी खेलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ