arrow

अशान्त एन्फालाई ‘फिफा’को निर्देशन, ‘तातो दुध निल्नु न ओकेल्नु’

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
fifa-and-anfa.jpg.jpeg

काठमाडौं । विश्व फुटबलको नियामक निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई तत्काल साधारणसभा गरी रिक्त अध्यक्षको पदपूर्ति गर्न निर्देश गरेको छ । फिफाले एन्फालाई पत्राचार गरेर वर्खास्त गरिएका एन्फाका तीन उपाध्यक्षसहित चार जनालाई जेठ १० गते (मे २३) भित्र पुनःवहाली गर्न भनेको छ ।

एन्फा प्रवक्ता इन्द्रमान तुलाधरले हाम्रा कुरालाई भने, ‘विधान अनुरुप चाँडो साधारण सभा गर्न भनेको छ, कसरी पुनःवहाली गर्ने भन्ने विषयमा समेत छलफल गरी तत्काल जवाफ पठाउन भनेको छ ।’ तुलाधरका अनुसार एन्फा कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ मेक्सिको पुगेकाले तत्काल छलफलको सम्भावना छैन । यद्यपि, कार्यवहाक अध्यक्ष फिफा कंग्रेसमा सहभागि हुने कार्यक्रम समेत रहेकाले उतै परामर्श हुन सक्ने तुलाधरले बताए ।

एन्फाले यसअघि, उपाध्यक्षहरु कर्माछरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई (झापाली) तथा केन्द्रीय सदस्य पंकज नेम्वाङलाई बर्खास्त गरेको थियो । फिफाले उनीहरुलाई पुनःवहाली गरी साधारण सभा गर्न भनेपनि एन्फालाई कार्यसमिति बैठक बोलाउन विधान अनुरुप १४ दिन लाग्नेछ ।

यस्तै, फिफाको कारबाहीमा परेका अध्यक्ष गणेश थापामाथि अझै मुद्दा चल्ने सम्भावना छ । उता, उपाध्यक्ष कर्माछिरिङ शेर्पा समूहले समेत साधारणसभा रोक्नका लागि पुनरावेदन अदालत ललितपुरमा दर्ता गरेको मुद्दाको समेत किनारा नलागेको अवस्थामा फिफाको निर्देशन एन्फालाई ‘तातो दुध निल्नु न ओकेल्नु जस्तै भएको छ । जसले यही हुन्छ भन्ने यकिन छैन ।

कार्यवाहक अध्यक्षसहित केही पदाधिकारी देश बाहिर रहेकाले तत्काल छलफल गरी विषय टुंग्याउन सकिने अवस्था छैन । प्रवक्ता तुलाधरका अनुसार कार्यवहाक अध्यक्ष आएपछि मात्रै कार्यसमिति बैठक बस्ने भएकाले यो विषय टुंग्याउन बैठकलाई पर्खिनु पर्ने छ । यद्यपि, उनले कार्यवहाक अध्यक्षले फिफा कंग्रेसकै क्रममा यस विषयमा कुरा गर्ने बताएकाले समस्या सुल्झिन सक्ने सुनाए । उनले भने, ‘कार्यवहाक अध्यक्षसंग कुरा भएको थियो, म फिफा कंग्रेसको भेटमा कुरा गर्छु भन्नु भा छ ।’ तुलाधरले एन्फा पदाधिकारीले फिफा पदाधिकारीसंग मेक्सिकोमा समेत यस विषयमा छलफल गर्न सक्ने जानकारी दिए ।

फिफाले एन्फा अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा १० वर्ष प्रतिबन्ध गरेसँगै एन्फामा अध्यक्ष पद रिक्त छ । गणेश थापा प्रतिबन्धमा परेपछि कार्यसमितिमै नरहेका नरेन्द्र श्रेष्ठ कार्यवाहक अध्यक्ष नियुक्त भएका थिए । पदाधिकारीबीचको चरम विवाद, गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध र खेल मिलेमतो प्रकरण लगायतले एन्फा अशान्त छ ।

क्यासमा जाने तयारीमा रहेका गणेश थापा चुप लाग्लान् ?
एन्फा निलम्बित अध्यक्ष गणेश थापाले फिफामा अपील गरे । यद्यपि, फिफाले वैशाख १० गते (अप्रिल २२) गते उनको अपील खारेज गरिदियो । थापाले पदीय दुरुपयोग गरेको भन्दै फिफाले गएको वर्ष कात्र्तिक २३ गते १० वर्षसम्म फुटबलका कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । त्यसपछि थापाले फिफामा अपील गरेका हुन् ।

फिफाको आचार कमिटीले थापाको प्रतिबन्धविरुद्धको अपील खारेज गरिदियो   । जुन कमिटीले थापालाई भ्रष्टाचारी ठहर गरेको थियो । सो कमिटीले १० वर्षे प्रतिबन्ध लगाउँदै थापालाई झन्डै २१ लाख रुपैयाँ जरिवानासमेत गरायो । आफ्नो अपील खारेजीपछि थापाले आफू फिफाको यो निर्णयले दुःखी भएको भन्दै अब कोर्ट अफ आर्बिटेशन फर स्पोर्टस् (क्यास)मा जाने उद्घोष गरे ।

उनले फिफाले अपील खारेज गरेको भोली पल्ट वैशाख ११ गते शनिबार विज्ञप्ती जारी गरी क्यासबाट आफूले न्याय पाउनेसमेत विश्वास गरे । राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषद्को मनोनयबाट सांसद बनेका  थापा तत्काल फुटबलमा फर्कने सम्भावना छैन । दक्षिण एसियाली फुटबलकै इतिहासमा सबैभन्दा लामो समय फुटबल संघ सम्हाल्ने थापाले दुई दशक फुटबलको नेतृत्व गरे । उनी व्यवस्थापकीय जिम्मेवारीमा चुकेपनि खेल जीवनमा भने सफल मानिए । अन्तर्राष्ट्रि प्रतियोगितामा नेपाली टोलीका लागि पहिलो ह्याट्रिक गर्ने कीर्तिमान उनकै नामा छ । उनले बंगलादेशको क्लबबाट समेत फुटबल खेले ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ