arrow

छिमेकीसंग सम्बन्ध सुधार्न नेकपालाई मिनेन्द्र रिजालको सुझाव

logo
प्रकाशित २०७७ असार १० बुधबार
minendra-rijal.JPG

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले छिमेकी राष्ट्रहरुसंग सम्बन्ध बिगार्ने गरी चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले सत्तारुढ दलका नेताहरुलाई प्रशिक्षण दिनु आपत्तिजनक भएको बताएका छन् । 

संसद बैठकमा मंगलबार बोल्ने क्रममा रिजालले चिनियाँसंग सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले बढाएको हिमचिम पाच्य नभएको उल्लेख गरेका हुन् । 

उनले छिमेकी राष्ट्र भारत र चीनसँग नेपालको सम्बन्ध  विशिष्ट रहेको उल्लेख गर्दै छिमेकी राष्ट्रहरुसंग कुटनीतिक सम्बन्धको संवेदनशीलता र जनताहरु बीचको सौहार्दताको सीमा परवाह गर्न पनि आग्रह गरेका छन् । 

नेता रिजालले त्यही परवाह नगरेका कारणले विगतमा नेपाल र भारत दुवैतिरका दल र नेताहरु आलोचित हुनपुगेको स्मरण गराउँदै आगामी दिनमा उत्तरको छिमेकको दलको नेपालमा सत्तारुढ दललाई आन्तरिक प्रशिक्षण दिने र आन्तरिक झगडा र सत्ता सन्तुलन मिलाउनेमा लाग्ने काम पनि गतिलो नभएको उनको तर्क छ । 

उनले यस विषयमा नेकपाको ध्यान जाओस् भनी सुझाव दिएका छन् । 

केही दिन पहिले पुष्प दाहाल प्रचण्डको नेतृत्वको नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडियो कन्फेरेन्समार्फत छलफल भएको थियो । 

भारतसंग सम्बन्ध बिग्रिएका बेलामा सत्तारुढ दलका नेताहरुले यसरी अर्को छिमेकी राष्ट्रसंग हिमचिम बढाउनुले देशलाई फाइदा नपुग्नेतर्फ सचेत गराउँदै नेता रिजालले यो गल्ती नदोहोर्याउन पनि सचेत गराएका छन् । 

नेपालले नेपालको नक्सा अद्यावधिक गरी संविधानमा समेत समेटेपछि त्यसले नेपाल–भारत सम्बन्ध चिसिएको छ । कुटनीतिक पहल गर्नुको सट्टा सत्तारुढ दलका नेताहरु तथा प्रधानमन्त्रीदेखि मन्त्रीहरुले भाषणबाजीमा मात्र जोड दिएका छन् । 

नेता रिजालले पहलका लागि समेत पनि आग्रह गरेका छन् । रिजाल पछिल्लो समय देशको राष्ट्रियताप्रति निकै नै संवेदनशील भएर भारतीय मिडियाहरुलाई समेत पाठ पढाएका छन् । 

उनीहरुको हेपाहा प्रवृत्तिको गतिलो जवाफ दिएसंगै उनको प्रशंसा भइरहेको छ । 

प्रधानमन्त्रीलाई बेमौसममा गाडी ? 
नेता रिजालले अहिले कोरोना भाइरसको संक्रमणलाई रोकथाममा सरकार लाग्नुभन्दा अनावश्यक विलासी सामग्री खरिदमा लागेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । 

प्रतिनिधिसभाको बैठकमा मंगलबार उनले प्रधानमन्त्री ओलीका लागि ुफोरजी सर्भेलेन्सु सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले सांसद जानकारी दिनुपर्ने माग गरेका छन् । 

उनले भने, ‘प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्ससहितको पाँच करोड मूल्यको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुनदेखि रोकिएको थियो । असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अघि बढायो भन्ने खबर छ । गृहमन्त्रीले भन्नुपर्छ, के यो साँचो हो ?’

उनले सरकार फजुल खर्चमा लागेको भन्दै चर्को आलोचनासमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ