arrow

प्रहरी इन्चार्जको रासलिला, रंगेहात भेटिएपछि स्थानीयले बुझाए जिप्रकालाई 

logo
संजय सहनी, 
प्रकाशित २०७७ असार १० बुधबार
sanjiv-jha-asai-raslila.jpg

रौतहट। रौतहटको एक प्रहरी चौकीका इन्चार्ज स्थानीय महिलासँग आपतिजनक अवस्थामा भेटिएका छन्। स्थानीयले उनलाई आपत्तिजनक अवस्थामा भेटेपछि तत्काल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। रौतहट बसतपुर चौकीका इन्चार्ज असइ सन्जिव झा मंगलबार राति अबेर एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि गाउँलेले नियन्त्रणमा लिएर जिप्रका रौतहटमा बुझाएको स्थानीयले बताएका छन्।

इन्चार्ज झालाई स्थानीय एक महिलासँग राति करिब १ बजे स्थानीय चौरमा आपत्तिजनक अवस्थामा देखेपछि गाउँलेले नियन्त्रणमा लिइ स्थानीय सामुदायिक भवनमा घेरेर राखेका थिए। उनीहरुलाई बुधबार बिहानै जिल्ला प्रहरी कार्यालय रौतहट गौरको जिम्मा लगाएको स्थानीयले बताएका छन्। 

जनता र देशको सुरक्षाको जिम्मा लिएको निकायको अधिकारीलाई आपत्तिजनक अवस्थामा भेटिएको र गाउँलेले नियन्त्रणमा लिएको हल्ला र जानकारी लगतै जिल्ला प्रहरी उपरिक्षक रविराज खड्काले जिल्लाको टोली पठाइ महिला र इन्चार्ज झालाई नियन्त्रणमा लिन लगाएका थिए ।

‘घटनाबारे अनुसन्धान गर्न सुरु गरेका छौं ,सबै कुरा बुझेर इन्चार्ज झालाई कार्वाही गर्छौं, राति के कारणले र किन महिलासँग भेटिए भन्नेबारे महिला र असइ र स्थानीय सबैसँग सोधपुछ जारी रहेको छ’, उपरिक्षक खड्काले भने । 

पहिलादेखि नै केही बिषयलाई लिएर इन्चार्ज झासँग स्थानीय अन्य महिलाको मनमुटाब रहेको कुरा समेत खुलेको उपरिक्षक खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ