arrow

हत्याको धम्कीपछि दक्षिण भारतको भ्रमण रद्द गरे गान्धीले

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
rahul-gandhi-7591.jpg.jpeg
नयाँ दिल्ली। भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीलाई हत्याको धम्की आएको जनाइएको छ । सो धम्कीपछि उनले दक्षिणी भारतको भ्रमण पनि रद्द गरेको समाचारले जनाइएको छ । गान्धी भारतको मुख्य प्रतिपक्षी दल काँग्रेसका दोस्रो वरियताका नेता हुन् । राहुलले पडुचोरी, तामिल नाडु, केरला लगायतका दक्षिणी भारतीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको थियो। 
 
सोमबार राति सो धम्की आएको र त्यसपछि उनले भ्रमण रद्द गर्नुपरेको भारतीय सञ्चारमाध्मले जनाएका छन् । नेता गान्धीले भने आफ्नो भ्रमण रद्द गर्नुपरेकोमा क्षमा याचना गरेका छन् । रहुल यही मे १६ मा हुन गइरहेको स्थानीय निर्वाचनका लागि ती क्षेत्रमा जान लागेका थिए । 
 
उनले आफुलाई ज्वरो आएकोले सो भ्रमण रद्द गर्नुपरेको जनाएका छन् । तर पार्टीले भने उनलाई मार्ने धम्की पोडुचरीबाट आएकोले सो भ्रमण रद्द गरिएको बताएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत सरकारले उनको भ्रमणका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुउका थिए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ