arrow

फाल्गुनन्द गाउँसभाको उद्घाटन, बन्द सत्र जारी 

logo
प्रकाशित २०७७ असार १० बुधबार

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सातौ गाउँ सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

गाउँं सभाको उद्घाटन गर्दै प्रदेश १ सांसद तथा वन वातावरण तथा पर्यटन समितीका सभापति सिता थेवेले पालिकाले ल्याएको बजेट तथा निती कार्यक्रमले समग्र फाल्गुनन्द गाउँपालिकाको समृद्धि र विकाशको आधार तय गरेको बताउँदै गाउँसभाको सफलताको शुभकामना ब्यक्त गरे । 

गाउँपालिका अध्यक्ष विर बहादुर कुरुम्बाङले आगामी आर्थिक बर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । 

यस्तै गाउँपालिका उपाध्यक्ष देवित्रा आङदेम्बेले स्वागत मन्तब्य ब्यक्त गरे । 
बुधबार बिहानबाट बन्द सत्र सुरु भएको छ । बन्द सत्रले आगामी बर्षको लागी बजेटको समेत टुङ्गो लगाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीले जानकारी दिए ।

कार्यक्रममा नेकपा फाल्गुनन्द गाउँपालिका इन्चार्ज प्रेम रिजाल,नेपाली कांग्रेस पाँचथर जिल्ला सचिव वृजहाङ आङदेम्बे तथा अन्य राजनितीक दलहरु, विभिन्न संघ संस्था तथा प्रमुखका प्रतिनिधी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ