arrow

गौरीगंजले कस्तो ल्यायो नीति तथा कार्यक्रम ?

logo
प्रकाशित २०७७ असार १० बुधबार
gaurigunj.PNG

झापा । गौरीगंज गाउँपालिकाको छैठौ गाउँसभा मार्फत आर्थिक वर्ष २०७७/ ७८को वार्षिक नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले गत वर्षको नीति तथा कार्यक्रम र वजेटको कार्यान्वयन पक्षलाई समेत समीक्षा गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले  दिपप्रज्जवलन गरेर छैठौ गाउँसभाको औपचारिक उद्वघाटन गरेका थिए ।

यस वर्षको नीति तथा कार्यक्रममा `कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारमा उन्नति : पूर्वाधार विकाससहित गौरीगञ्जको समुन्नति´ भन्ने नारालाई निरन्तरता दिदै त्यस अनुरुप कृषि, स्वास्थ्य, शिक्षा, साना तथा मझौला उद्योग स्थापनामा जोड दिईने उल्लेख छ । 

प्रस्तुत नीति तथा कार्यक्रममा कृषिलाई आधुनिकरण, सामुहिक खेती, स्थानिय उत्पादनलाई प्रोत्साहन, व्यवसायिक पशु पंक्षि पालन, दीर्घकालिन भौतिक संरचना तथा शिक्षाको गुणस्तर बढाउन नमुना विद्यालयको विकास गर्ने, कोभिड १९ को महामारीलाई नियन्त्रण र रोकथाम गर्ने, विपन्न परिवार तथा पशु विमालाई प्राथमिकता दिने, लगायत नीति तथा कार्यक्रममा समेटिएका छन् ।

औपचारिक कार्यक्रममा वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं. २का अध्यक्ष अघनु राजवंशी, वार्ड नं.३ का वडा अध्यक्ष मखना महतो, वार्ड नं. ४ का वडा अध्यक्ष कुलप्रसाद गिरी, वार्ड नं. ५ का वडा अध्यक्ष विजयप्रसाद सिंह, वार्ड नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवलगायतले शुभकामना व्यक्त गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहालले सञ्चालन गरेको कार्यक्रममा अधिकृत विरेन्द्र खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ