arrow

आईपीएल क्रिकेट: जाम्पाको सन्सनीपुर्ण बलिङ तापनि धोनीको पुणे पराजित

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
IPL_Zampa.jpg.jpeg
काठमाडौं। सनराईजर्स हैदरावादले राईजिङ पुणे सुपरजायन्ट्सलाई ४ रनले पराजित गरेको छ। लो-स्कोरिङ खेलमा हैदरावादले धोनीको पुणेलाई हराएको हो।
 
टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओबरमा ८ विकेटको क्षतिमा १३७ रन बनाएको थियो। हैदरावादका शिखर धवनले ३३ रन बनाएका थिए भने केन विलियम्सनले ३२ रनको योगदान दिएका थिए। 
 
कसिलो बलिङ गरेको पुणेकालागि एडम जाम्पाले ४ ओभरमा १९ रन खर्चिंदै ६ विकेट लिएका थिए। आईपीएलमा यो दोस्रो राम्रो बलिङ प्रदर्शन रहेको छ। पहिलो नंबरमा पाकिस्तानी खेलाडी सोहेल तनविरको रेकर्ड रहेको छ। उनले राजस्थान रोयल्सबाट सन् २००८को आईपीएलमा ४ ओबरमा १४ रन खर्चिंदै ६ विकेट लिएका थिए। 
 
२४ बर्षिय अष्ट्रेलियाका जाम्पा लेग स्पिनर हुन्। अष्ट्रेलियाकालागि २ एकदिवसीय अन्तराष्ट्रिय र ६ टि-२० अन्तराष्ट्रिय खेलेका जाम्पा उदयिमान खेलाडी हुन्। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको पुणे २० ओभरमा ८ विकेटको नोक्सानीमा १३३ रन मात्र बनाउन सकेको थियो। पुणेकालागि जर्ज बेलीले ३४ रन बनाएका थिए भने कप्तान महेन्द्र सिंह धोनीले ३० रनको योगदान दिएका थिए। त्यसैगरि ४ नंबरमा ब्याटिङ गर्न आएका रविचन्द्रन आश्विनले २९ रन बनाएका थिए। 
 
राम्रो बलिङ गर्ने क्रममा हैदरावादका आशिष नेहराले ३ विकेट लिएका थीए। त्यसैगरि भुवनेश्वर कुमारले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर १ विकेट लिएका थिए। खेलका प्लेयर अफ द म्याच एडम जाम्पा घोषित भएका थिए। 
 
यो बिजयसँगै हैदरावाद अंक तालिकाको पहिलो स्थानमा पुगेको छ। १० खेलमा १४ अंकका साथ हैदरावाद पहिलो स्थानमा रहेको छ। पुणे ६ अंकका साथ ७औं स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ