arrow

तराईमा फलेको स्याउ टोक्दै मन्त्री पौडेलले दिइन् प्रवर्धनको आश्वासन [भिडियोसहित]

logo
नारायण वली,
प्रकाशित २०७७ असार ११ बिहिबार
tarai-apple.jpg

रुपन्देही । रुपन्देहीको मणिग्राम स्थित लुम्विनी नर्सरी एण्ड गार्डेनमा लगाईएको स्याउको बोटले फल लगाउन सफल भएपछि जो कोहीलाई अचम्मित र चासोको विषय बन्न पुगेको छ । 

हिमाली क्षेत्रमा मात्रै पाईने ‘स्याउ’ कसरी अत्यधिक गर्मी हुने ठाउँमा फल्यो भने विषयप्रति प्रदेश सरकारले पनि चासो जगाएको छ ।

यही असार ७ गते (हाम्रा कुरा डटकम) मो ‘तराईमा स्याउ फलाए रमेशले’ शिर्षकमा सम्प्रेषण भएको समाचारलाई आत्मसाथ गर्दै बुधबार प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्याउ फलेको लुम्विनी नर्सरी एण्ड गार्डेनको निरिक्षण गरिन् ।

मन्त्री पौडेलले निरिक्षण गर्नुका साथै उक्त फलको स्वाद समेत लिएकी थिइन् । तराई क्षेत्र अन्तर्गत रुपन्देहीको मणिग्राममा फलेको स्याउको स्वाद चाख्दै मन्त्री पौडेलले हिमाली क्षेत्र हुम्ला तथा जुल्लामा पाईने स्याउको जस्तै स्वाद रहेको बताएकी थिइन् ।

साथै उनले गर्मी स्थानमा स्याउमा फल्ने र फलाउने कुरालाई सोच्न पनि नसक्ने कुरालाई व्यवहारमा नै देखाउन सफल सो नर्सरीका सञ्चालन एवं किसान रमेश पाण्डेलाई धन्यवाद दिदै यसलाई थप व्यवसायिक रुपमा विस्तार गर्न आग्रह गर्दै यसलाई थप प्रदेशका अन्य जिल्लाहरुमा पनि विस्तार गरिने बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ