arrow

दैलेखमा पीसीआर ल्यावको उदघाटन, दैनिक सय वढिको परिक्षण गर्न सकिने

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७७ असार ११ बिहिबार
pcr-lab-dailekh.jpg

दैलेख। दैलेख जिल्लामा पीसीआर ल्यावको शुरुवात गरिएको छ । कोरोना पोजेटीभहरुको संख्या अत्यधिक वढ्न थालेको र धेरै जनाको स्वास्व संकलन गरेर पठाइए पनि रिपोर्ट आउन महिनौं कुर्नुपर्ने अवस्था रहेको थियो।

क्वारेन्टाईनमा वसेका ब्यक्तिहरु महिना दिनसम्म आफ्नो रिपोर्ट नआएको भन्दै पटक पटक आन्दोलन गर्दै आईरहेका थिए। जिल्लाको केहि क्वारेन्टाईनमा वस्ने र प्रहरी विच झडप समेत भएको थियो ।

जिल्लामा भयावहको अवस्था बढेसँगै पीसीआर ल्याब (प्रयोगशाला) स्थापना गर्नुपर्छ भन्ने सवैतिरबाट दवाव वढदै गएपछि पीसीआर ल्याब शुरु गरिएको हो। 

निर्वाचन क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगर्त दैलेख बजार महाबु कालिकोट सडक खण्ड निर्माणका लागि ५ करोड ९४ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको वजेट टेन्डर प्रक्रियाबाट घटाघट हुँदा एक करोड ८ लाख, ८४ हजार ४ सय ४१ रुपैयाँ बचेको थियो । सोहि रकमबाट मेसिन खरिद गरिएको नारायण नगरपालिकाका नगर प्रमुख रत्न वहादुर खड्काले वताए।

पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालय परिसरमा नयाँ भवन निर्माण गरेर पीसीआर ल्याब प्रयोगशाला स्थापना गरिएको हो। झण्डै एक करोड ३० लाख रुपैयाँको लागतमा ल्याब स्थापना भएको हो।

पीसीआर ल्याब प्रयोगशाला भवन स्थापनाका लागि पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयबाट बजेट व्यवस्थापन गरिएको हो। कार्यालयबाट चालु आर्थिक बर्षमा सञ्चालित योजना र कर्मचारीको तलब भत्ताबाट बचेको रकम रकमान्तर गरेर भवन निर्माण गरिएको कार्यालयका निमित्त प्रमुख भीमबहादुर विष्टले बताए। विष्टका अनुसार २१ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो।

पीसीआर मेसिन नहुँदा दैलेखमा संकलन गरिएको स्वाब परिक्षणका लागि प्रदेश अस्पतालको पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनुपर्ने बाध्यता थियो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, प्रतिनीधि सभा सांसद रविन्द्रराज शर्मा, प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले प्रयोगशालाको संयुक्त रुपमा उद्घाटन गरेका छन्।

प्रयोगशाला उद्घाटन गर्दै राज्यमन्त्री नवराज रावतले दैलेखमा स्थापना भएको पीसीआर ल्याबमा आवश्यक जनशक्ति र किटको अभाव हुन नदिने प्रतिवद्धता गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको विशेष ध्यान गएको छ,’ राज्यमन्त्री रावतले भने ‘सरकारले कर्णालीलाई विशेष रुपमा हेरेको छ।’

सुर्खेत र जुम्ला प्रयोगशालाको भर परेर रिपोर्ट आउन महिनौ कुर्नुपर्दा संक्रमण थप फैलने खतरा बढेकाले जिल्लामै प्रयोगशाला स्थापना गरिएको, कोरोना परीक्षणमा ढिलाई भएपछि मेसिन खरिद गरिएको प्रतिनीधि सभा सदस्य एवं स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन समितिका संयोजक रविन्द्रराज शर्माले वताए।

प्रदेश सांसद अम्मरबहादुर थापाले ल्याबमा जनशक्ति अभाव हुने भन्दै सरकारको ध्यानाकर्षण गराए। केहि समयका लागि भनेर प्राविधिक टोली आएर फर्किए गएको जनाउँदै अब भने ल्याब बन्द हुने अवस्था आउन नदिन नेपाल सरकारको ध्यानाकर्षण गराए।

प्रयोगशाला सञ्चालनका लागि ६ जना प्राविधिकको टोली आईसकेको छ। प्रयोगशालामा आवश्यक उपकरणहरु जडान भईसकेको र दुई दिन भित्रबाट ल्याब संचालन भई परिक्षण समेत हुने ल्याव इन्चार्ज शंकर शाहीले बताए । ‘भोलीसम्म उपकरणहरु जडान गरेर सक्छौ, यहाँ गरिएको परिक्षणको पाँच वटा नमुना पुनः परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा पठाउँछौ,’ दुवै ठाउँमा गरिएको परिक्षणमा एउटै रिपोर्ट आएपछि मात्रै आम नागरिकहरुको परिक्षण गरिने शाहिले वताउनु भयो ।

हालसम्म दैलेखमा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ