arrow

धौलीगंगाको बाँध खोलिदै, सतर्क रहन आग्रह

logo
 प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ असार ११ बिहिबार
dhauliganga.jpg

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध सोमवार राती १२ बजे खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी ६ : ४५ बजेसम्म शिल्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।

सिफ्ट फ्लशिंगको लागी बाँधको ढोका खोलिए पश्चात नदीमा पानीको सतह बढ्ने भएकोले तटिय क्षेत्रमा जोखीम रहने हुदा सतर्कता अपनाउन दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले बताए । बाधका ढोका सोमवार राती देखि खोलिने भएको हुदा व्याँस गाउँपालिकाको वडा नं ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । सोही अनुसार नेपाली प्रशासनले नदि आसपासका बासिन्दालाई बाध खोलिने बारे जानकारी गर्दै आइरहेको छ ।

जलविद्युत आयोजनाले सूचनामा सहकार्य गर्दै
पछिल्लो समय भारतको धौलीगंगा जल विद्युत परियोजनाले बाँधको पानी छोड्नु पुर्व नेपाली पक्षलाई सुचना दिने गरेको पाइएको छ । बाँधको पानीले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले आयोजनाद्धारा प्राप्त पूर्व सुचनाको आधारमा नदी किनारका वासिन्दालाई समयमै सतर्क गराउन सहज भएको सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुवरले जानकारी दिए । 

खास गरी धौलीगंगा बाधका कारण दुवै देशका नदी किनारका बस्ती जोखीममा पर्ने भन्दै बाधको पानी छोडनु पुर्व भारतीय पक्षले सुचना प्रवाह गर्नु पर्नेमा नेपाली पक्षले जोड दिएको थियो । सोही सहमति कार्यान्वयन स्वरुप भारतीय पक्षले बेला बेलामा नेपाली प्रशासनलाई पत्राचार मार्फत सुचना दिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी कुवरको भनाई छ ।

 भारतीय पक्षबाट प्राप्त सुचनालाई तत्काल स्थानीय सञ्चार माध्यमलाई प्रसारण प्रकाशनका लागी आग्रह गर्ने गरेका छौ , सञ्चार माध्यमबाट ठूलो सहयोग प्राप्त भएको छ ,उनले भने ।  जिल्ला सदरमुकाम क्षेत्रमा पक्की तटवन्धका कारण बाढीले कटान गर्ने अवस्था नभएपनि जिल्लाको दक्षिण नदी तटीय क्षेत्रका वस्तीमा भने जोखीम निम्तिन सक्ने खतरा रहेको उनको भनाई छ । 

नेपाल तर्फ मात्रै नभइ नदी किनारका भारतीय बस्ती समेत उच्च जोखीममा रहेकाले भारतीय पक्षले बाँधको पानी विस्तारै छोडने गरेको छ । दार्चुला र धारचुलाबाट करिब १८ किलोमिटर उत्तर-पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाएको बाँध बाट २ सय ८० मेगावाट शक्ति उत्पादन हुँदै आएको छ ।

 धौलीगंगा र महाकाली नदीको संगम तावाघाटको नेपाल भारत सीमाबाट ६ किलोमिटर टाढा रहेको ५६ मिटर अग्लो र ३ सय १५ मिटर लामो यो नियन्त्रण ढोकायुक्त बाँध हो । बाँधले छेकिएको पानी ७० मिटरसम्म गहिरो छ । वर्सातको सिजनमा पानीको उच्च वहावका कारण बाध भत्किने सम्भावना बढ्ने बित्तिकै भारतीय पक्षले बेला बेलामा बाँध खोल्ने गरेको छ । महाकालीमा बाढी आएको सात वर्ष भएको छ ।

वि सं २०७० सालमा विना सुचना धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदिमा बाढी आएर दार्चुला सरमुकामका सयौँ घरबार तथा दर्जन सरकारी कार्यालय बगाउदा अर्बौको क्षती पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ