arrow

बलिउडमा शाहरुखको २८ बर्ष पुरा, यसरी पाए पहिलो चलचित्र

logo
प्रकाशित २०७७ असार ११ बिहिबार
Shahrukh-Khan1.jpg

काठमाडौं ।  शाहरुख खानलाई बलिउडको किङ्ग भनिन्छ । उनको जीवनी हरेक मानिसलाई प्रेरणाको स्रोत बन्ने गर्दछ । जुन स्टारडमको मानिसहरु कल्पना पनि गर्न सक्दैनन् शाहरुख आज त्यो स्थानमा रहेका छन् । शाहरुखलाई शीर्ष स्थानमा पुर्‍याउन उनको मेहनतको अहम भूमिका रहेको छ ।

बलिउडको 'बादशाह' भनेर चिनिने शाहरुख खानले आजभन्दा २८  वर्ष अगाडि डेब्यु गरेका थिए। उनको पहिलो फिल्म 'दीवाना' २५ जुन १९९२ मा ठूलो पर्दामा रिलीज भयो। दोस्रो लीड भएता पनि शाहरुखले सबैलाई आफ्नो 'दीवाना' बनाए। यो फिल्म ब्लकबस्टर साबित भयो र यसबाट फाइदा पनि भयो। यस फिल्ममा ऋषि कपूर र दिव्य भारतीले शाहरुख खानको साथ मुख्य भूमिकामा अभिनय गरेका थिए।

'दीवाना' राज कंवार निर्देशित थिए। यो शाहरुख खान मात्र नभई निर्देशकका रूपमा राज कंवरको पहिलो फिल्म थियो। शाहरुख खानका फ्यानहरूले उनको फिल्मको २८ बर्ष पूरा भएको उत्सव मनाइरहेका छन्।

चलचित्र 'दीवाना' शाहरुखको करियरमा टर्निग पोइन्ट साबित भएको थियो ।  सो चलचित्रको  अभिनेता शाहरुख नभएर अरमान कोहली थिए । 'दीवाना' मा कोहली र दिव्या भारतीको जोडि लिइएको थियो । अरमान उक्त चलचित्रको लागि पोस्टरको फोटोशूटसम्म गरेका थिए ।  यहाँसम्म कि चलचित्रको पहिलो शेड्यूल अनुसार उनले शूट पनि गरे । तर, कुनै कारण बस अरमानले सो चलचित्र छोड्नु पर्‍यो ।

अरमानले बिचैमा चलचित्र छोडेपछि निर्देशक राज कवरको हैरान भए र उनले चलचित्र 'दीवाना' को लागि शाहरुख खानसँग सम्झौता गरे ।  त्यसपछि चलचित्रले आफै इतिहास रच्यो । चलचित्र सुपरहिट भयो र शाहरुख सुपरस्टार बने। उनको र दिव्या भारतीको जोडिलाई पनि दर्शकले खुव रुचाए ।

फिल्ममा शाहरुख मध्यान्तरपछि आउँछन्। त्यो भन्दा पहिले ऋषि कपूर र दिव्य भारती मात्र स्क्रिनमा हावी छन्।  दिव्या भारतीको भूमिका माधुरी दीक्षितलाई पहिले दिइएको थियो तर व्यस्त तालिकाका कारण उनले यो फिल्म गर्न सकिनन्। शाहरुख खानले यस फिल्मको लागि फिल्मफेयरमा सर्वश्रेष्ठ डेब्यू अवर्ड प्राप्त गरे। सोही समयमा दिव्या भारतीलाई फिल्ममा सेंसेशनल डेब्यू बाट सम्मानित गरियो।

 तर अर्को एक सत्य पनि छ शाहरुख आज यती ठुलो स्टार बन्नुमा केहि मानिसहरुको हात रहेको छ । शाहरुखको मेहनतसँगै उनले पाउने सपोर्ट र शुभचिन्तकको  शुभकामनाले उनि यहा पुगेका हुन् ।

चलचित्रमा शाहरुखलाई ल्याउने श्रेय बलिउडकी ड्रीमगर्ल हेमा मालिनीलाई जान्छ । जसले चलचित्र 'दिल आशना हे'  बाट शाहरुखलाई ल्याइन् । तर हरुखलाई सुपरस्टार बनाउने श्रेय अरमान कोहलीलाई जान्छ ।

 शाहरुखलाई हेमा मालिनीले पहिलो चलचित्र दिइन् । तर त्यो भन्दा पहिले शाहरुखको दोस्रो चलचित्र 'दीवाना' रिलीज भयो । चलचित्र सुपरहिट रह्यो र यसै चलचित्रको सफलतापछि शाहरुखले 'बाजीगर' र 'डर' जस्ता चलचित्र पाए । यी चलचित्रले शाहरुखलाई टप स्टार्सको रुपमा उभायो र कयौ अवार्ड पनि दिलायो ।
यसरी अरमान कोहलीको कारण शाहरुख खानले बलिउडमा स्टारडम बनाए । 'दीवाना' पछि शाहरुखले पुन : पछि फर्कीएर हेर्नु परेन । शाहरुख कयौ पटक विवादमा आए तर पनि उनको स्टारडम त्यसैगरी नै कायम रहेको छ, त्यस्तै अरमान कोहली अहिले पनि चलचित्रमा कदम राख्ने संघर्ष गर्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ