arrow

आज शुक्रबार पश्चिम दिशाको यात्रा गर्दै नगर्नु होला, गर्नैपरे ?

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असार १२ शुक्रबार
rashifal-horoscope.jpg

आज मिति २०७७ आषाढ १२ गते शुक्रबार, इस्वी संवत जुन २६ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज आषाढ शुक्लपक्षको षष्ठी तिथि अहोरात्र रहनेछ । आज मघा नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा कौलव, आनन्दादि योगमा काण रहनेछ । 

सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि ३४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर १२ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजेर १ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेषः समय खराव रहनेछ । नचाहँदा नचाहँदै नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यकता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसंग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ, सचेत रहनुहोला ।

वृषः समय खराब छ । पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाईलो महसूस हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला । काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा सहकारी व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेको छ ।

मिथुनः समय शुभ छ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक कामहरू समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिनेहरुले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरूगर्न सकिनेछ ।

कर्कटः समय निकै खराब छ । शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिंड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला । पानीसंग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेको छ । मन कमजोर हुने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला ।

सिंहः समय अत्यन्त शुभ छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद् तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाई लेखाईमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोश जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

कन्याः समय राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेको छ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न हर कोसिस गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा वा घर बस्न मन लाग्नेछैन । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।

तुलाः समय राम्रो छ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपूर्ण कामहरूसमयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

वृश्चिकः समय मध्यम खालको छ । व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिश्पर्धामा सफलता पाउन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

धनुः समय राम्रै रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यावसायबाट भने जस्तो आम्दानी नहुने हुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो–सानो कुरामा राय बाझिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमान्–श्रीमती बिच मनमुटाव बढ्न योग रहेको छ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउने छैन ।

मकरः समय भरपर्दोे रहनेछैन । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पति पत्नी बिच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचनाहरूबहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरूधेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरू सम्पादन गर्न सकिने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

कुम्भः समय राम्रा छन् । यात्राका क्रममा उपलब्धिमूलक कामहरूगर्न सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको गतिलो योग रहेकोछ ।

मीनः समय भरपर्दो रहने छ । लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरू गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजीमूलक कामबाट भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न हुनेछ ।

साइतः आज चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार हो पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः१२ बजेदेखि         ६ः४२ बजेसम्म        चर बेला
बिहान ६ः४२ बजेदेखि         ८ः१२ बजेसम्म        लाभ बेला
बिहान ८ः१२ बजेदेखि         ९ः४२ बजेसम्म        अमृत बेला
बिहान ९ः४२ बजेदेखि        ११ः१२ बजेसम्म        काल बेला
बिहान ११ः१२ बजेदेखि        १२ः४२ बजेसम्म        शुभ बेला
मध्यान्ह १२ः४२ बजेदेखि      २ः१२ बजेसम्म        रोग बेला
दिउँसो २ः१२ बजेदेखि        ३ः४२ बजेसम्म        उद्धेग बेला
दिउँसो ३ः४२ बजेदेखि        ५ः१२ बजेसम्म        चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ