arrow

प्रिमियर लिग: म्यानचेस्टर युनाईटेड वेष्टह्यामसँग पराजित

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
EPL_Westham.jpg.jpeg
काठमाडौं। प्रिमियर लिग फुटबलमा सबैभन्दा बढि पटक लिगको उपाधि जितेको म्यानचेस्टर युनाईटेडको च्याम्पियन्स लिग खेल्ने सपनामा झड्का लागेको छ। वेस्टह्याम युनाईटेडसँग ३-२ गोलले पराजित हुँदै अंक तालिकामा ५औं स्थानमा रहेको छ। 
 
खेलको १०औं मिनेटमा वेस्टह्यामका डियाफ्रा साखोले गोल गर्दै आफ्नो टोलीलाई १-०को अग्रता दिलाएका थिए। खेलको ५१औं मिनेटमा युनाईटेडका एन्थओनी मार्सलले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। 
 
प्रतिस्पर्धात्मक खेलको ७२औं मिनेटमा मार्सलले युनाईटेडकालागि दोस्रो गोल गर्दै अग्रता २-१ पारेका थिए। खेलमा युनाईटेडको जित पकका देखिन थालेको स्थितीमा ७६औं मिनेटमा वेस्टह्यामका मिखाईल एन्टोनियोले गोल गर्दै खेल २-२ पारेका थिए। 
 
खेलको ८१औं मिनेटमा विन्सटन रिडले तेस्रो गोल गर्दै वेस्टह्यामलाई बिजयी बनाएका थिए। पुरा तीन अंकको सोचका साथ मैदान ओर्लेको युनाईटेड अंक बिहिन अवस्थामा खेलबाट फर्केको छ। 
 
युनाईटेडको बसमाथि आक्रमण भएको थियो। मैदान जानेक्रममा रहेको बसमा बोतल प्रहार भएको थियो। खेलमा अबेला गरेको भन्दै वेस्टह्यामका समर्थकले आक्रमण गरेका थिए। 
 
एक खेल बाँकी रहँदा म्यानचेस्टर सिटीसँग २ अंकको भिन्नता रहन पुगेको हो। ३७ खेलमा ६५ अंककासाथ चौथो स्थानमा सिटी रहेको छ भने युनाईटेडको ३७ खेलमा ६३ अंक रहेको छ। च्याम्पियन्स लिग क्वालिफाईङ खेल्नकालगि चौथो स्थानमा रहन पर्ने हुन्छ। 
 
अन्तिम खेलमा सिटी पराजित भएर युनाईटेडले जितेको खण्डमा युनाईटेड चौथो स्थानमा रहनेछ। सिटीले अन्तिम खेल स्वान्सीसँग खेल्ने छ भने युनाईटेड बोर्नमाउथसँग भिड्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ