arrow

बेलायतमा ‘गैरजिम्मेवार र स्वार्थी’ हरुको भीड, बिच बन्द गर्ने चेतावनी

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
uk-beach1.jpg

काठमाडौं । बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार २३० जनाको ज्यान गएको छ । 

बिहीबारमात्रै १४९ जनाले प्राण त्यागे । बिहीबार मात्रै १ हजार ११८ जना नयाँ कोरोना संक्रमित भेटिए । अहिलेसम्म बेलायतमा ३ लाख ७ हजार ९८० जना संक्रमित भइसकेका छन् । 

निको हुनेहरु कम भएका कारणले गर्दा तथ्यांक नै दिन छोडेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सोन नै कोरोनाबाट ज्यान जाने अवस्थाबाट भेन्टिलेटरबाट निको भएर फर्केका छन् । 

बेलायती युवराज पनि संक्रमित भए । तर झनै पूर्ण रुपले संक्रमण रोकिएको छैन । बेलायतीहरु मूर्ख भएको विश्वले भन्दै आएको छ । 

अहिले आएर फेरि बिहीबार अति नै गरे बेलायती मूर्खहरुले । बेलायती अनलाइन डेलीमेलका अनुसार बिहीबार हिथ्रोमा यो वर्षकै सबैभन्दा गर्मी दिन थियो । 

त्यहाँ ३३.३ डिग्री सेल्सियस तापक्रम रहेको थियो । अत्यन्त गर्मी भएपछि बर्नमाउथका बिचमा पाँच लाख मानिस पुगेका थिए । 

त्यसले निकै नै ठूलो चुनौती भोग्नुपर्ने अवस्था आयो । तब स्वास्थ्य मन्त्री माट हानककले सबै बिच बन्द गर्ने चेतावनी नै दिएका छन् । 

उनले सामाजिक दूरी कायम नगरी सबै मानिस बिचमा आएको भन्दै बिच नै बन्द गर्ने चेतावनी दिएका हुन् । 

मन्त्री हानकक र प्रमुख स्वास्थ्य अधिकारी क्रिस ह्विटीले महामारीलाई सफल हुन नसघाउन चेतावनी पनि दिएका छन् । 

यसले ‘गैरजिम्मेवार र स्वार्थी’ देखाएको आरोप पनि लगाएका छन् । अधिकांश युवाहरु यसरी बिचमा गएर क्षणिक आनन्द लिन थालेपछि त्यसले निम्त्याउने दुर्घटनाबारे हानककले आँकलन गरेका हुन् । 

त्यसैगरी प्रहरीले दक्षिणी लण्डनको ब्रिक्सटनमा भएको सडक पार्टी हटाउन खोज्दा हिंसा भएको छ । पुलिसले गत जुलाइ ४ मा पनि ‘सुपर स्याटर्डे’ अन्तर्गत जथाभावी मदिरा खाएर लठ्ठ भएकालाई नियन्त्रणमा लिन खोज्दा पनि हिंसा भएको थियो । 

अति नै भएकाले हानककले यी मानिसहरु कोरोना नियन्त्रणको प्रयासका विरोधी भएको पनि आरोप लगाएका छकन् । यो गतिविधि दोहोरिए बिच बन्द गर्ने चेतावनी दिएका हुन् । 

उनले टक रेडियोलाई भने, ‘हामीसंग त्यो गर्ने अधिकार छ । मलाई यसको प्रयोग गर्ने इच्छा छैन । किनकि मानिसहरु सफलपूर्वक लकडाउनमा बसे । र म चाहन्छु कि सबैले घामको आनन्द लिउन् ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ