arrow

कसरी गरिन्छ गल्ती ?, गल्तीका वर्गीकरण

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
galti.png

काठमाडौं । गल्तीहरु मानिसहरु जो कोहिबाट पनि हुन्छ ।  यो लेखमा हामीले गल्तीहरुको वर्गीकरण कसरी गर्ने त्यसको विस्तृत ढंगले व्याख्या गरेका छौ  । गल्तीहरुलाई अयोग्य कृत्य तथा अयोग्य प्रतिक्रिया तथा अयोग्य कृत्य र प्रतिक्रियाको संयुक्त स्वरूपमा राख्न सकिन्छ । गल्तीहरुको प्रत्येक वर्गको केहि उदाहरणहरु हेर्‍यौ ।

अयोग्य कृत्य
आफ्नो स्वभाव दोषको कारण हामी अयोग्य कृत्य गर्छौं । अयोग्य कृत्यको केहि उदाहरणहरु निम्नलिखित छन् :
- जोन आफ्नो सामानहरुलाई योग्य स्थानमा राख्न ध्यान दिँदैन त्यसैले आफ्नो कागज पत्र हराए ।
- शीलाले परीक्षामा चोरी गरिन् ।
- पब (उगद) बाट रक्सीले मातिएको फर्नेन्डोले आफ्नो श्रीमतीलाई पीटे ।
- मार्कोले रक्सी पिएर गाडी चलाए अनि बाटोमा हिडिरहेको व्यक्तिलाई ठक्कर दिए ।
- शशांक भिडियो गेम खेलेर आफ्नो समय व्यर्थ गर्छन्, जबकि उनले परीक्षाको लागि अध्ययन गर्नु पर्ने थियो ।
- जुलियनले एड्रियनलाई तल देखाउन र आफ्नो मित्रहरुको अगाडी आफु राम्रो देखिनको लागि एड्रियनको खिल्ली उडाए ।
- चानलाई भाँडा माझ्न अल्छी लाग्यो ।

अयोग्य प्रतिक्रिया
जब हामी कुनै घटना, परिस्थिति अथवा व्यक्ति प्रति नकारात्मक प्रतिक्रिया दिन्छौं ।
- जब फिल्मको टिकट लिने लाइन धेरै ढिलो गतिले अगाडी बढि रहेको थियो तब सेलमा अधीर (impatience) तथा व्याकुल (restless)  हुन थालिन् ।
- जब ज्यू मीकोलाई श्रीमान्ले धेरै कठोरतासँग व्यवहार गरे तब धेरै भावुक भइन् र आँखाबाट आँसू बग्न थाल्यो ।
- जब टोनीको बाबाले अतिरिक्त गोजी खर्चको लागि पैसा दिएनन् तब उनी धेरै क्रोधित भए ।
- समन्थाले पूरा दिन मञ्चमा प्रदर्शन गरे, प्रदर्शन अघि उनको पेट दुख्न थाल्यो र भयभीत भइन् ।
- जब अली जागिरको अन्तर्वार्तामा असफल भयो, तब भविष्यको चिन्ताले आतिन थाले ।
- जब सुनीताले सुनिन उनको नजिकको मित्रको छोराले परीक्षामा उत्कृष्ट अंक ल्यायो, तब उनलाई ईष्या भयो किनभने उनको छोरा त्यही परीक्षामा अल्प अंकबाट उत्तीर्ण भएको थियो ।

अयोग्य कृति र प्रतिक्रिया (संयुक्त) 
यहाँ हामी अयोग्य कृति र प्रतिक्रियाको संयुक्त उदाहरण हेर्नेछौं ।
- जब एउटा चालक, फ्रीवे (freeway) मा रोनाल्डोको बाटो काटेर गयो, तब रोनाल्डो क्रोधित भएर उनलाई करानीए ।
- जब एन्टोनियोलाई उनको प्रेमिकाले अस्वीकार गरिन्, तब उनी निराश भएर मद्यशाला गएर मद्यपान गरि मातिए ।
- जब व्लादिमीरलाई थाहा भयो कि टयाक्सी चालकले उनलाई ठगे, उनले टयाक्सी चालकलाई गाली गर्दौं हिर्काए ।
- एउटा सम्पन्न घरमा काम गर्ने मारियाले पैसा त्यतिकै राखेको देखिन् । लोभको कारण, यता(उता कोहि पनि नभएको पक्का गरेपछि उनले पैसा आफ्नो गोजीमा राखिन् ।
- जब हैनरीचलाई रेस्टुरेन्टले उनको मनपर्ने खाना उपलब्ध गराउन सक्दैन भन्यो, उ क्रोधित भएर आवेशमा आए ।
- जब अमारालाई बाबाले हकाए, उनलाई प्रतिक्रिया आयो र पुरै दिन स्वयंलाई आफ्नो कोठामा बन्द गरिन ।

सारांशमा जब गल्ती हुन्छ तब सत्तर्क हुन आवश्यक छ , गल्ती कृतिस्वरुपमा छ, प्रतिक्रिया स्वरुपमा छ अथवा दुबैको संयुक्त रुपमा छ । आफुबाट भएको गल्तीलाई लेखनाले आत्म जागरूकता हुने प्रक्रियामा सहायता मिल्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ