arrow

धम्कीपछि टिकटक स्टार सियाले आत्महत्या गरेको आशंका, प्रहरीले नियन्त्रणमा लियो कागजात

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
Siya_Kakkar.png

काठमाडौं । भारतीय टिकटक स्टार सिया कक्करले आत्महत्या गरेकी छिन्। बिहीबार सिया कक्करले झुण्डिएर आत्महत्या गरेकी प्रहरीले बताएको छ ।  लगभग १६ वर्षकी सिया डिप्रेशनमा रहेको बताइएको छ। आत्महत्यापछि सियाको परिवारलाई आघात परेको छ। यद्यपि सियालाई के काराण डिप्रेसन थियो त्यसबारे जानकारी दिइएको छैन। प्रहरीले सियाको घरबाट महत्वपूर्ण कागजात फेला पारेको छ ।

आत्महत्याको कारण खुल्न सकेको छैन।  टिकटकमा उनका १७ लाख फलोअर्स र इन्स्टाग्राममा एक लाख भन्दा बढी फलोअर्स छन्। यसबाट सोशल मीडियामा सियाको लोकप्रिय अनुमान लगाउन सकिन्छ। सियालाई विगत केही दिनदेखि सोशल मीडियामा धम्कीहरू आइरहेको परिवारका सदस्यहरुले बताएका छन् ।

भारतीय सञ्‍चार माध्‍यमका अनुसार परिवारसँगै बस्ने सियाको कुनै सुसाइट नोट भेटिएको छैन । साथै आत्महत्याको कारण अझै थाहा हुन सकेको छैन। सियाको शव पोष्टमार्टम गरी परिवारलाई शुक्रबार हस्तान्तरण गरिएको छ । 

सिया विगत केहि वर्षदेखि डान्सका भिडियोहरू बनाउँदै आएकी थिइन्। टिकटक बाहेक, उनले यी भिडियोहरू इन्स्टाग्राम र यूट्यूबमा शेयर गर्थिइन्। उनको सम्पूर्ण कामको निरीक्षण गर्न एक व्यवस्थापक अर्जुन सरीनलाई राखिएको थियो। सियाले आत्महत्याको एकरात पहिले आफ्नो म्यासेन्जरमा अर्जुन सरिनसँग कुरा गरेकी थिइन्। अर्जुनका अनुसार उनले सियाको एउटा गीतको बारेमा कुरा गरेकी थिइन्।

अर्जुनले भनेका छन्, ‘सिया त्यो समय राम्रैसँग कुरा गरिरहेकी थिइन्। साथै उनी कति पनि आत्तिएकी थिइनन्।’ अर्जुनले आफू पनि सियाले किन आत्महत्या गरिन् भन्नेबारे आश्चर्यमा परेको बताएका छन्। सिया सोशल मिडियामा लोकप्रिय सेलिब्रिटी थिइन्।

आत्महत्या पछि, प्रहरी र अपराध अनुसन्धानको टोलीले सियाको कोठामा अनुसन्धान गरेको छ। प्रारम्भिक छानबिन पछि प्रहरी उनको मृत्युलाई आत्महत्याबाट भएको निष्कर्षमा पुगेको छ । प्रहरीले उनको मोबाइल, ल्यापटप र कोठाबाट केही महत्वपूर्ण कागजातहरू लगेको छ।  सियालाई अभिनय र नृत्यको धेरै शौख थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ