arrow

१४० किलोका अर्जुनलाई सलमानले बनाएका थिए फिट, बुहारीले बिग्रियो सम्बन्ध

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
sallu-kapoor.jpg

काठमाडौं ।  भारतीय अभिनेता अर्जुन कपूरले २६ जुनमा आफ्नो ३५ औँ जन्मदिन मनाउदै छन्। १९८५ मा मुम्बईमा जन्मेका अर्जुन कपूरका बुबा बोनी कपूर  प्रसिद्ध निर्माता हुन् । आमा स्वर्गीय मोना कपूर र बहिनीको नाम अंशशुरी कपूर हो। 

अनिल कपूर र संजय कपूर अर्जुनका काका हुन्। बोनी कपूरले मोना कपूरबाट अलग भएर श्रीदेवीसँग विवाह गरेका थिए। यस प्रकारले जान्हवी कपूर र खुशी कपूर अर्जुनका सौतेनी बहिनीहरू हुन्। सोनम कपूर अर्जुनकी काकी छोरी (बहिनि)  हुन्।

अर्जुन कपूरले पहिलो पटक निर्देशक  निखिल आडवाणीसँग फिल्म 'कल हो ना हो' मा सहायक निर्देशकको रूपमा काम गरे। यस बाहेक अर्जुन निखिलको फिल्म सलाम-ए-इश्कमा सहायक निर्देशक थिए। अर्जुन कपूर पनि 'वांटेड' र 'नो एन्ट्री' फिल्महरूमा सहयोगी निर्माता थिए। दुबै फिल्म बोनी कपूरले निर्माण गरेका थिए। जसमा सलमान खान मुख्य भुमिकामा छन् ।

फिल्ममा देखापर्नु भन्दा पहिले अर्जुनको तौल १४० किलोग्राम थियो। यस्तो अवस्थामा उसले नायकको रूपमा काम गर्ने सोच समेत राख्न सकेनन्। पछि उनले आफूलाई सलमान खानको निर्देशनमा फिट गरे। सलमानले अर्जुनलाई आफ्नै जिममा कसरत गराएका थिए ।

पछिल्लो समय सलमान र अर्जुनको सम्बन्ध राम्रो छैन । त्यसको कारण हो भाइ अरबाज खानकी पूर्व पत्नी मलाइका एरोरासँगको सम्बन्ध ।   मलाइका र अर्जुनको कुरा आउँदा उनीहरुको विवाहको समाचार पनि फैलिँ रहेको छ । मलाइका एरोरासँग अर्जुन नजिकिएसँगै सलमान आक्रामक बनेका छन् । दुवई बिचको सम्बन्धमा दरार आएको छ । 

 अरबाज आफ्नो गर्लफ्रेन्ड जियोगिना एन्ड्रियानीसँगको सम्बन्धको कारण चर्चामा छन् । अरबाज र मलाइकाले सन् २०१७ मा आफ्नो १८ वर्षको वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेका थिए । ४६ वर्षीय मलाइकाले अरबाज खानसँग विवाह गरेकी थिइन् । मलाइका र अरबाजको १६ वर्षीय छोरा अरहान पनि छन् । 

मलाइका अरोडाले अर्जुन कपूरसँगको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप राखेकी थिइन् । कही समयअघि अर्जुन कपूरको जन्मदिनमा उनले यो सम्बन्ध सार्वजनिक गरेकी थिइन् । अर्जुन कूपरको ३५ औं जन्मदिनमा मलाइकाले आफ्नो आधिकारिक इन्स्टाग्राममा अर्जुनसँगको तस्वीर शेयर गरेकी थिइन् । उनले अर्जुन कपूरलाई जन्मदिनको शुभकामना पनि दिएकी थिइन् । अर्जुन कपूरलाई मलाइकाले जन्मदिनको शुभकामना दिएको यो पहिलोपटक हो । त्यसपछि निरन्तरता चलिरहेको छ ।

मलाइकाले भारतीय महिलालाई दोस्रोपटक प्रेम सम्बन्धमा पर्नु निकै कठिन रहने बताएकी थिइन् । उनले भारतमा विभिन्न किसिमको अवरोध रहेको र महिलालाई दोस्रोपटकको प्रेमबाट रोक्ने गरेको बताइन् ।उनले यी सबै विषयमा खुला दिमागले सोचविचार गरेर हेनुपर्ने बताएकि छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ