arrow

हिरोसिमा जाने ओबामा, ध्वस्त सहरको भ्रमण गर्ने पहिलो राष्ट्रपति

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
Obama+Hiroshima.jpg.jpeg
वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामा जापान–अमेरिकाबीच युद्धमा सन् १९४५ अगष्ट ६ मा अमेरिकाद्वारा खसालिएको अणु बमबाट ध्वस्त पारिएको जापानी बन्दरगाह सहर हिरोसिमा जाने कार्यक्रम तय भएको मङगलबार वाशिङटनले बताएको छ । 
 
ओबामा अमेरिकाद्वारा खसालिएको अणु बमबाट ध्वस्त सहरको भ्रमण गर्ने पहिलो राष्ट्रपति हुनेछन् । अमेरिकी राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आवेसँग हिरोसिमा पुगी आफ्नो प्रतिबद्धता अनुसार विश्वमा आणविक हतियार विना शान्ति सुरक्षाको प्रत्याभूतिका लागी आह्वान गर्ने कार्यक्रम रहेको वाशिङटनले बताएको छ । 
 
हिरोसिमा सहर पुगेर ओबामाले विश्वशान्तिका लागि प्रतिबद्धता जाहेर व्यक्त गर्ने र अन्य विश्व शक्ति राष्ट्रलाई पनि अमेरिकी उक्त अभियानमा साथ दिन आग्रह गर्ने , प्रवक्ता जोस अर्नेस्टले बताए । 
 
अमेरिकी आक्रमणकाट जापानी दुई शहर हिरोसिमा र नागासाकीमा आक्रमण भएयता अमेरिकी विदेशमन्त्री जोन केरी हिरोसिमा भ्रमण गर्ने पहिलो उच्च अमेरिकी सरकारी अधिकारी हुन् । उनी केही समय पहिले हिरोसिमामा पुग्नुभएको थियो । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ