arrow

के छ शनिवारे साइत र राशिफल ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ असार १३ शनिबार
rashifal-horoscope.jpg

काठमाडौं। आज मिति २०७७ आषाढ १३ गते शनिबार, इस्वीसंवत जुन २७ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चन्द्रमान अनुसार आषाढ शुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढ शुक्ल पक्षको सप्तमी तिथि अहोरात्र रहनेछ । आज पूर्वाफाल्गुनी नक्षत्र, विष्कुम्भादि योगमा व्यतिपात, करणमा गर, आनन्दादि योगमा लुम्व रहनेछ । 

सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि ३४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर १२ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजेर २ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेषः आज मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

वृषः आज पनि समय खराब छ । चिताएको काम रोकिन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । यसअघिको सफलताले भने मनमा हौसला जगाउनेछ ।

मिथुनः समय शुभ छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

कर्कटः समय शुभ छैन । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । कामको समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् ।

सिंहः समय राम्रो छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । सामाजिक नेतृत्व हात लाग्ने सम्भावना छ ।

कन्याः समय भरपर्दो रहनेछैन । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्नेछ, सतर्क हुनुहोला ।  

तुलाः समय शुभ छ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट पनि मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ योग देखिन्छ ।

वृश्चिकः समय मध्ययम छ, कुनै व्यापार व्यावसायमा लगानी गर्नका लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला।

धनुः समय शुभ छैन । हतारको निर्णयले काम बिग्रनेछ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान् । सामान्य कामका लागि धेरै दौडधूप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्नेछ ।   

मकरः समय भरपर्दोे रहनेछैन । ईश्या गर्नेहरूले सताउनेछन् । घुमफिर तथा मनोरञ्जनको समय छ तर लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ने देखिन्छ । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ ।

कुम्भः समय शुभ छ । व्यावसायिक यात्राको सम्भावना छ । मनग्गे आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।

मीनः समय राम्रो छैन । सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनुपर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन ।

साइतः आज चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार हो पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः१२ बजेदेखि         ६ः४२ बजेसम्म        काल बेला
बिहान ६ः४२ बजेदेखि         ८ः१२ बजेसम्म        शुभ बेला
बिहान ८ः१२ बजेदेखि         ९ः४२ बजेसम्म        रोग बेला
बिहान ९ः४२ बजेदेखि        ११ः१२ बजेसम्म        उद्धेग बेला
बिहान ११ः१२ बजेदेखि        १२ः४२ बजेसम्म        चर बेला
मध्यान्ह १२ः४२ बजेदेखि      २ः१२ बजेसम्म        लाभ बेला
दिउँसो २ः१२ बजेदेखि        ३ः४२ बजेसम्म        अमृत बेला
दिउँसो ३ः४२ बजेदेखि        ५ः१२ बजेसम्म        काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ