arrow

माेवाइलमै आउने भयो जापान र कोरियाबाट नगद

logo
प्रकाशित २०७७ असार १३ शनिबार
city-express-khalti.jpg

काठमाडौं। खल्ती मेावाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिटान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जी मनी ट्रान्समार्फत खल्ती मोवाइल वालेटमा सिधै रेमिटान्स भित्र्याउन थालेको हो । 

खल्तीले यी दुई मुलुकबाट मोवाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा सुरू गरेपछि नेपालमा रकम प्राप्त गर्ने ब्यक्तिले पिन नम्बर र आफ्ने परिचय पत्र लिएर रेमिटान्स कम्पनीको एजेन्टकहाँ रकम झिक्न धाउनु पर्ने झण्झट अन्त्य भएको छ । 

जापानमा रहेका नेपालीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरको नजिकैको एजेन्टकहाँ गएर सिधै नेपालमा आफन्तको खल्ती मोवाइल खातामा सिधै रकम पठाउन सक्नेछन् । उता काेरियाबाट भने रकम पठाउन चाहनेले मोवाइल एपबाटै ट्रान्सफर गर्न सक्नेछन् । त्यहाँ रहेका नेपालीले जी मनीका तीन वटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् । 

सिटीका जापानमा टोकियो सिन्जुकु-कु, नागोया, फुकुओका र तेचिगीमा शाखाहरू रहेका छन् । यस्तै जी रेमिटका केरियामा सोल, ग्योंगी-डो र ग्योंसांनाम-डोमा शाखाहरू रहेका छन् ।

सिटी एक्स्प्रेसका ब्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिटान्स कम्पनीहरूसँग सहकार्य गरेर रेमिटान्स भित्र्याइरहेकामा जापान र काेरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत रेमिटान्स भित्र्याउन थालेकाे जानकारी दिए। ‘विश्वभर लकडाउनले घर बाहिर निस्कन नसकिरहेकाे अबस्थामा माेवाइलबाटै खल्तीमा रेमिटान्स पठाउन सकिने ब्यवस्थाले विदेशमा रहेका नेपालीलाइ धेरै सहज भएकाे छ’, उनले भने, ‘विस्तारै अन्य मुलुकबाट पनि माेवाइल वालेटमै रेमिटान्स भित्र्याउने ब्यवस्था गर्न लागेका छाैं ।’

खल्तीका निर्देशक अमित अग्रवाल जापान र काेरियाबाट डिजिटल माध्यमबाट रेमिटान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाइ निकै सहज हुने बताउँछन्। ‘माेवाइल एपबाटै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउने नगद बुझाउन र पाउने नगद बुझ्न एजेन्टकहाँ धाउनु पर्ने बाध्यता थियाे,’ उनले भने, ‘यसले गर्दा असुरक्षा हुने, नगद हातमा परेपछि अनावश्यक खर्च हुने अबस्था थियाे । अब माेवाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनुका साथै फजुल खर्च हुने सम्भावना हुँदैन । तुरून्तै रकम प्राप्त हुने भएकाले लकडाउनका बेलासमेत गर्जाे टार्न सजिलाे हुनेछ ।’ 

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ