arrow

रौतहट र सर्लाहीको अलग अलग सडक दुर्घटनामा २ जनाको मृत्यु

logo
प्रकाशित २०७७ असार १३ शनिबार
accident-tractor-nahar.jpg

रौतहट। रौतहटको गुजरा नगरपालिकाको कनकपुरमा शनिवार विहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

गुजरा नगरपालिका ४ कनकपुरस्थित गढिमाई मन्दिर नजिकैको नहरमा ना ६ त ८७३८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुँदा त्यसमा बसेका सोही नगरपालिका १ निवासी २० बर्षिय संजय माझीको मृत्यू भएको हो।

दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार भएको जानकारी दिदै इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले चालक गुजरा नगरपालिका ५ ईस्लामपुर निबासी फिरोज दर्जीको खोजतलास भईरहेको तथा मृतकको शव पोष्टमार्टम पछि उनका परिवारजनलाई जिम्मा लगाइएको बताए । 

यसैगरी सर्लाहीको कबिलासी नगरपालिका १० स्थित नवलपुर मंलगवा सडक खण्डमा मंलगवाबाट नबलपुर तर्फ जादै गरेको बा १० प ४४८१ नम्वरको मोटरसाइकलले ठक्कर दिएका पैदल यात्रीको मृत्यु भएको छ।बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको टाउकोमा गहिरो चोट लागेर गम्भीर घाईते भएका बृद्धलाई उपचारको लागि बिरगंज लैजाने क्रममा बाटोमा नै मृत्यु हो ।

मृतक वृद्धको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सर्लाही जिल्लाको मंलगवा न.पा. ५ भाडसर बस्ने मोहम्मद गुलाम गैसको दाहिने हात, दाहिने खुट्टामा चोट लागेको छ । घाइतेको मलंगवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रयोग भएको मोटरसाईकल प्रहरी चौकी कबिलासीको नियन्त्रणमा तथा चालक जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी मदन कुँवरले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ