arrow

रुपन्देहीको आकाश र जमिनमा सलह, सरकारी अधिकारी र विज्ञ नियन्त्रणबारे छलफलमा

logo
नारायण वली,
प्रकाशित २०७७ असार १४ आइतबार
salaha-rupandehi.jpg

रुपन्देही । केही समय अगाडि भारतमा देखिएको सलह किरा रुपन्देहीमा पनि देखा परेको छ । शनिवार विहान न्यून संख्यामा देखिएको सहल किरा दिउँसो भने रुपन्देहीको आकाशमा ठूलो समूहमा देखा परेको थियो । 

रुपन्देहीको भैरहवा, बुटवल र कपिलवस्तुका केही स्थानहरुमा पनि सलह किरा देखिएको थियो । रुपन्देहीको आकाशमा एकाएक देखिएका किराहरु सलह जातको होकी अरु कुनै भन्ने वारेमा प्रदेशका कृषि विज्ञहरु शुरुमा केहि अलमलमा परेपनि पछि सलह नै रहेको टुंगोमा पुगेका थिए। 

प्रदेश ५ कृषि विकास निर्देशनालय कार्यालयका प्रमुख याम नारायण देवकोटाले सलह जस्तै देखिने किरा भित्रियो भन्ने कुरा आफुले सर्वसाधारणहरुवाट थाहा पाएको वताउँदै, सो विषयमा प्रदेश नं ५ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा विज्ञहरुसँग वैठक वसि नियन्त्रणका विषयमा पनि छलफल गरिने वताए।

रुपन्देहीमा देखिएको सलह पाल्पातिर पनि पुगेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ