arrow

एक हुल सलहले १ दिनमा २५ सय मानिसको आहारा भन्दा बढी खान सक्ने

नेपालमा सलह आउँदैन भनेर प्रतिवेदन बनाउने बिज्ञ टोलीमा को को थिए ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १४ आइतबार
locust-salaha.jpg

काठमाडौं। नेपालमा शनिबार बिहान देखि सलह किराले कृषिबाली क्षति पुर्याइरहेको छ। गत वर्ष सन् २०१९ मा विशेष गरी पाकिस्तानमा कृषिबालीमा क्षति पुर्याएको सलह किरा सोही समयमा भारत पाकिस्तान सीमा क्षेत्रको कृषिबालीमा पनि देखा पर्न थालिसकेको थियो। हालै केही महिना अघि मात्रै भारतका राजिस्थान, बिहार लगायतका केही राज्यमा देखा परेको सलह किराको नेपाल प्रवेशको विषयमा गरिएको अध्ययनको प्रतिवेदन भने झुटो सावित भएको छ।

शनिबार बिहान देखि नेपालका रुपन्देही, बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली हुदै काठमाडौ उपत्यकामा समेत देखा परेपछि कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले तयार पारेको प्रतिवेदन झुटो सावित भएको हो। सलह किराको नेपाल प्रवेशको विषयमा अध्ययन गर्न कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले गत १३ जेठमा एक प्राविधिक कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले तयार पारेको दुई पाने प्रतिवेदन तयार पारेर प्रतिवेदनको नाम ‘मरुभुमि सलहको बारेमा तथ्य पत्र’ दिइएको छ।

उक्त तथ्य पत्र अनुसार सलह किरा दुई प्रजातिको हुन्छ। सन १९६२ मा काभ्रेको पनौतीमा मकैबालीमा सलहको प्रकोप देखा परेको र सोही वर्ष ललितपुरको गोदवरी तथा काठमाडौंबाट संकलन गरी एकल प्रजातिको सलह पहिचान गरिएको थियो।

तर, अहिलेको परिस्थिति अनुसार सलह किराको नेपाल प्रवेशको सम्भावना न्युन रहेको सो तथ्य पत्रमा उल्लेख गरिएको छ। विश्व खाद्य तथा कृषि संगठनका सलह विज्ञ किथ किसम्यानलाई उदृत गर्दै ‘सलहको हुल उत्तरबाट दक्षिणतर्फ आउने क्रममा विखण्डित भई स–साना सलहका हुल भारतका अन्यत्र भागतर्फ मोडिएकाले हाल नेपाल भित्रिने सम्भावना न्युन भएको बुझिएको छ’ तथ्य पत्रमा उल्लेख गरिएको छ।

पश्चिमबाट पूर्वतर्फ हावाको वेगसँगै ठुलो हुलमा उड्ने, बासस्थानका लागि मरुभुमि अनुकुल हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। सोही आधारमा मनसुन सुरु भइसकेको र हावाको वेगमा पनि परिवर्तन आइसकेकाले नेपाल सलह किराको नेपाल प्रवेशको सम्भावना न्युन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पश्चिमबाट पूर्व उड्ने विशेषता अनुसार नै सन २०१८मा यमन, इरान हुँदै २०१९मा पाकिस्तान, भारत पाकिस्ता सिमा तथा २०२०मा भारतमा देखाए परेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार सन २०१८मा अरेबियन प्रायद्धिपमा गर्मी मौसममा भएको बंश वृद्धिबाट २०१९ को पूर्वार्धमा यमन, साउदी अरेविया र इरानमा देखिएको थियो।

यसरी मरुभुमि तथा गर्मीमा अनुकुल हुने भनिएको सलह किरा नेपालमा मनसुन सुरु भइसकेको र हावाको वेगमा समेत परिर्वतन आइसकेकाले नेपाल प्रवेशको सम्भावना न्युन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। तर, शनिबार बिहानै सलह किरा नेपालमा देखा परेपछि उक्त प्रतिवेदन झुटो सावित भएको छ। हावाको बेग पूर्वबाट पश्चिम तिर गइरहेकोले अवको दिनमा सलह पनि पश्चिमतिर जाने देखिन्छ। नेपाल भित्रिएको सलह भने सानो सानो झुन्डमा मात्र भएकोले नआत्तिन बिज्ञले सुझाव दिएका छन्।

यी हुन् झुटो प्रतिवेदन बनाउने कर्मचारी
कृषि तथा पशुपञ्छि विकास मन्त्रालय अन्तरगतका निकायहरु प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, केन्द्रिय कृषि प्रयोगशाला र कीट विज्ञान महाशाखाको प्राविधिक सहकार्यमा उक्त प्रतिवेदन तयार पारिएको हो। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन महाशाखाका अनुसार उक्त प्रतिवेदन बनाउनेहरुमा कीट विज्ञान महाशाखाका बरिष्ठ वैज्ञानिक डा. सुनिल अर्याल, कीट विशेषज्ञ डा. समुद्रलाल जोशी रहेका छन्।

त्यस्तै प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र प्रमुख सहदेव प्रसाद हुमाइगाई, बरिष्ठ बाली संरक्षण अधिकृत महेश चन्द्र आचार्य, बालीसंरक्षण रामकृष्ण सुवेदी र मनोज पोखरेल रहेका छन्। त्यस्तै कृषि तथा पशुपञ्छि विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसी र केन्द्रीय कृषि प्रयोगशालाका बरिष्ठ बाली संरक्षण अधिकृत राजिवदासराज भण्डारी उक्त प्रतिवेदन तयार पार्ने कार्यदलमा रहेका छन्।

ठुलो क्षति गर्ने
हुलका हुल उड्ने विशेषता रहेको सलह किराले कृषिबालीमा पसेपछि ठुलो क्षति पुर्याउने बताइएको छ। सलहको एउटा सानो झुण्ड (कम्तीमा एक टन बराबरको झुण्ड)ले एक दिनमा २५ सय मानिसले खाने आहारा बराबरको वनस्पति (कृषिबाली) खाने प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त आहारा एक दिनमा १० ओटा हात्तीले खाने आहारा बराबरको परिमाणको हुने समेत सोही प्रतिवेदनमा औंल्याइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ