arrow

बाँकेमा मापदण्ड विपरित संचालित २४ क्रसर उद्योग बन्द गरिने

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असार १४ आइतबार
crasor-roada-baluwa.jpg

नेपालगन्ज। बाँकेमा मापदण्ड विपरित संचालित २४ वटा क्रसर उद्योग बन्द हुने भएका छन् । जिल्लाका विभिन्न स्थानमा २७ वटा क्रसर रहेकोमा अब ३ वटा मात्र संचालनमा रहनेछन् ।

जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा आज बसेको समितिको बैठकले लाइसेन्स नभएका, नवीकरण नगराएका र कानुन अनुसारको मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा मापदण्ड बिपरित संचालित क्रसर उद्योगहरुको आजैदेखि बिद्युत लाइन काट्न बिद्युत प्राधिकरणलाई अनुरोध गर्ने साथै मापदण्ड एवं प्रक्रिया पूरा नगरी थुपारिएको नदीजन्य पदार्थलाई कानुन बमोजिमको राजश्व लिई प्रमुख आयोजनाहरुलाई बिक्रि बितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

आइतवारदेखि नै ती क्रसरहरुको लाइन काट्न सुरु गरिएको छ । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुनर्संरचना भई कायम भएका स्थानीय तहमा कार्यविधि स्विकृत भएको मितिले ६ महिनाभित्र सूचीकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ