मध्य भोटेकोशी आयोजनाका ४० वर्षीय मजदूर रामबहादुर बेपत्ता
रासस,
प्रकाशित २०७७ असार १५ सोमबार
782
Shares
मेलम्ची। निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन्। भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।
आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महिनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत आयोजनामा काम गर्दै आएका थिए। बेपत्ता मजदूरको प्रहरी र स्थानीयवासीबाट निरन्तर खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।